Monday, September 10, 2012

कालिकोटमा यात्रुबाहक बस दुर्घटना हुँदा २८ जनाको घटनास्थलमै मृत्यु


कालिकोटको पाखा १ सेरावाडास्थित विर्तामोडमा कर्णाली यातायातको एक यात्रुबाहक बस दुर्घटना हुँदा २८ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ११  जना सक्त घाइते भएका छन् ।
कालिकोटको सदरमुकाम मान्मबाट जुम्लाका लागि सोमबार बेलुकी ८ बजे छुटेको ना ४ ख ६८७७ नम्बरको यात्रुबाहक बस कर्णाली राजमार्गको विर्तामोडमा राति ११ बजे ब्याक गरी मोड्ने क्रममा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । बस सडकबाट ५ सय मिटर तल तिला नदीको तिरमा खसेको छ । बस दुर्घटनाको खबर पुगेपछि मान्मबाट राति दुई बजे उद्दारका लागि प्रहरी निरीक्षक बरुणवहादुर सिंहको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ ।

बसमा कति यात्रु थिए भन्ने यकिन नभए पनि मान्मबाट ३७ जनाको चलानी लिएर गएको कर्णाली यातायात समितिका इन्चार्ज हिक्मत खडकाले जानकारी दिए । घाइतेलाई उचरचारका लागि मान्म ल्याइएको छ  ।
सोमबार विहानसम्म २८ जनाको शव भेटिए पनि सनाखत भएको छैन । उघार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरी अनुमान छ ।


No comments: