Tuesday, November 27, 2012

माओवादीले सहमतीय सरकारको नेतृत्वमा कांग्रेस(एमालेलाई स्वीकार नगर्ने


एकीकृत नेकपा माओवादीले सहमतीय सरकारको नेतृत्वमा कांग्रेस(एमालेलाई स्वीकार नगर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा मंगलबार बसेको पदाधिकारी र ब्यूरो इन्चार्जहरुको बैठकले सहमतीय सरकारको नेतृत्व कांग्रेस(एमालेलाई दिन नसक्ने ठहर गरेको हो । सुदूरपश्चिम ब्यूरो प्रमुख शक्ति बस्नेतले  भन्नुभयो(’कांग्रेस(एमालेले हाम्रो नेतृत्व स्वीकार नगर्ने भनेपछि हामीले उहाँहरुको नेतृत्व मान्ने कुरै आउँदैन ।’
जोड बाबुराममै
एमाओबादीले पार्टी उपाध्यक्ष समेत रहेका वर्तमान प्रधानमन्त्री बाबुराम भट्टराईकै नेतृत्वमा सहमतीय सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ । ‘बाबुरामजी कै नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्ने हाम्रो औपचारिक प्रस्ताव छ’ बस्नेतले भन्नुभयो(’त्यसका लागि दलहरुसँग छलफल गर्ने निर्णय भएको छ ।’

बैठकमा अध्यक्ष प्रचण्डले राष्ट्रपतिसँग मंगलबार बिहान भएको भेटबारे पनि जानकारी गराउनुभएको थियो । भट्टराईकै नेतृत्वमा सहमति जुटेपनि आफूलाई कुनै आपत्ति नरहेको राष्ट्रपतिले बताएको प्रचण्डले बैठकमा जानकारी गराउनु भएको थियो ।
अन्य तीन बिकल्प
माओवादीले भट्टराईको नेतृत्वमा राष्ट्रिय सहमति नजुटे गठवन्धनभित्रको नेतृत्व भने खुला राख्ने निर्णय गरेको छ । सहमतीय सरकारको प्रधानमन्त्रीमा भट्टराईलाई पहिलो प्राथमिकतामा राखेको एमाओवादीले पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश तथा गठवन्धनबाट विजयकुमार गच्छदार र महन्थ ठाकुरलाई विकल्पमा रुपमा अघि सारेको छ ।

No comments: