Friday, March 30, 2012

शान्ति प्रकृया टुंगिए संघियतासहितको नयाँ संविधान


नेपाली कङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले चैत ३० मा शान्ति प्रकृया टुंगिए संघियतासहितको नयाँ संविधान जेठ १४ मै जारी हुने बताएका छन्। उनले सेना समायोजन विशेष समितिले चैत ३० भित्रमा समायोजनमा जाने माओवादी लडाकु नेपाली सेनाको जिम्मा र हतियार राज्यको जिम्मा लगाउने तोकेको समयसीमामै काम सम्पन्न भए जेठ १४ मै नयाँ संविधान आउने दाबी गरे।
‘विशेष समितिको पछिल्लो निर्णयले राजनीति गतिरोध हटाउन मद्दत पुर्‍याएको छु(विराटनगर विमानस्थलमा शनिवार संवाददाताहरुसित कुरा गर्दै काँग्रेस नेता पौडेलले भने, ‘तर मंसिर १ गतेको डेट सारेर चैत ३० पुर्‍यायो, फेरी सार्छ कि भन्ने आशंका छँदैछ।

Wednesday, March 14, 2012

लडाकुहरुको राष्ट्रिय भेला दाङको लमहीमा


माओवादीका अवकाश प्राप्त लडाकुहरुको राष्ट्रिय भेला दाङको लमहीमा भइरहेको छ । भेलाको उद्‍घाटन एकीकृत माओवादीका केन्द्रीय महासचिव रामबहादुर थापा बादलले गरेका छन् । लडाकुहरूलाई फेरि केन्द्रीकृत गर्न भेला आयोजना गरिएको थापाले बताए । उनले आत्मसमर्पण नगरी अवकाश रोज्ने लडाकुलाई धन्यवाद दिँदै नयाँ संघर्षका लागि तयार हुन अनुरोध गरे । क्रान्ति अझै नसकिएको र जनताको चाहना पूरा नभएकाले लडाकुलाई एकीकृत गरेको उनले बताए ।
भेलामा देशभरका सातवटै डिभिजनका प्लाटुन सहकमाण्डरभन्दा माथिका लडाकु सहभागी छन् । अवकाश रोजेपछि पार्टीले कुनै भूमिका नदिएर बेवास्ता गरेकाले भेला गरेको पाँचौं डिभिजन सहकमाण्डर रामलाल रोकाले बताए ।
भेलाले लडाकुहरुको भूमिकाबारे नयाँ योजना तयार पार्ने भएको छ । ुजनमुक्ति सेनाु को औचित्य समाप्त नभएको पुष्टि गर्न भेला आयोजना गरी एकजुट हुन थालेको रोकाले बताए ।

सुनको मूल्य घटयो

स्थानीय बजारमा छापावाल सुनको मूल्य बुधबार प्रतितोला रु ५०५ ले घटेर रु ५३ हजार ५ सय कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी सङ्घका अनुसार छापावाल सुनको मूल्य म‌ंगलबार प्रतितोला रु ५४ हजार ५ कायम रहेको थियो ।
यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला रु ५०५ ले घटेर रु ५३ हजार २९० कायम भएको छ । तेजाबी सुनको मूल्य मंगलबार प्रतितोला रु ५३ हजार ७९५ कायम रहेको सङ्घले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला दस रुपैयाँले घटेर रु १ हजार ९५ कायम भएको सङ्घका अध्यक्ष तेजरत्न शाक्यले बताए । 

प्रधानममन्त्रीको नया सुत्र


प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नेपालको विकासको मूल आधार जलविद्युत नै भएको बताउनु भएको छ ।राजधानीमा आजबाट सुरु भएको हाइड्रो समिटको उद्घाटन गर्दै प्रधानमन्त्री भट्टराईले प्रजातन्त्र प्लस जलविद्युत इक्वेल टू नयाँ नेपाल सुत्रको घोषणा समेत गर्नुभयो ।
उहाँले जलविद्युतमा लगानीका लागि छुट्टै बित्तीय संस्थालाई प्रभावकारी रुपमा संचालन गरिने बताउनु भयो । सरकारले गत साउनमा मात्रै जलविद्युतमात्र लगानी गर्ने गरी जलविद्युत लगानी तथा विकास कम्पनी स्थापना गरिसकेको छ । नेपाली बैंकहरु जलविद्युतमा लगानी गर्न पूर्ण सक्षम नरहेको र दीर्घकालीन लगानी आवश्यक भएकाले यो कम्पनीलाई स्रोत साधनले सम्पन्न बनाउने उहाँको भनाई छ ।

नेपालको आईसीसी ट्वान्टी(ट्वान्टी विश्वकप क्रिकेट छनोटमा लगातार दोस्रो जित


नेपालले डेनमार्कलाई ९ विकेटले हराएर बुधबार आईसीसी ट्वान्टी(ट्वान्टी विश्वकप क्रिकेट छनोटमा लगातार दोस्रो जित हात पारेको छ । डेनमार्कले दिएको ८३ रनको विजयी लक्ष्य नेपालले ४४ बल बाँकी छाँदै पार गर्‍यो ।
दुवईको आइसीसी ग्लोवल क्रिकेट एकेडेमीमा भएको खेलमा नेपाललका लागि प्रदीप ऐरीले सर्वाधिक ६५ रन बनाएका थिए भने शरद भेषावकरले १३ रन जोडे । उनीहरुले दोस्रो विकेटका लागि नट आउट ७८ रनको साझेदारी गरेका थिए । ओपनर ब्याट्स् म्यान परेश लोहनी ३ रन बनाएर पवेलियन फर्केका थिए ।
यसअघि नेपालको सानदार प्रदर्शनमा ह्याट्रिक गरेका शक्ति गौचनले चार विकेट लिएका थिए  । त्यसैले डेनमार्कले १९ ओभरमा अलआउट हुँदै  ८२ रन मात्र बनाएको थियो ।  नेपाली बलर पृथु बास्कोटाले २ तथा सञ्जम रेग्मी र वसन्त रेग्मीले पनि १र१ विकेट लिएका थिए । दुई डेनिस ब्याट्स म्यानलाई नेपालले रन आउट गरेको थियो ।
नेपालले अर्को खेल सारजहाँमा बिहीबार पपुवानिग्युनी विरुद्ध खेल्ने छ । छनोटको पहिलो मंगलबार नेपालले हङकङलाई ३० रनले पराजित गरेको थियो ।

Thursday, March 8, 2012

एएफसी च्यालेन्ज कप फुटबलको पहिलो खेलमा नेपालको हार


 काठमाडौंमा बिहीबारबाट सुरु भएको एएफसी च्यालेन्ज कप फुटबलको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समूह चरणको पहिलो खेलमा नेपाल प्यालेस्टाइनसँग २(० गोल अन्तरले पराजित भएको हो ।
हारपछि नेपाली टोलीका प्रशिक्षक ग्राहम रोवर्टसले आफ्ना खेलाडीहरुले गल्ती गरेको बताए । रोहित चन्द लगायतका भरपर्दा डिफेण्डरबाट गल्ती भएको भन्दै नेपालले त्यसको सजाय पाएको बताए । घरेलु मैदान र दर्शकको पूर्ण साथ पाएको नेपालले सुरुवाती दुई मिनेट आक्रमक खेल खेलपनि त्यसलाई निरन्तरता दिन सकेन । खेलको चौथो मिनेटमा नै प्यालेस्टाइनका फाहिद एएफ फत्ताहले गोल गर्दै अग्रता दिलाए । काउन्टर अट्याकमा प्यालेस्टाइनी खेलाडीले प्रहार गरेको बल नेपाली गोल रक्षकले रोकनेपनि बाउन्स भएर आएको बलमा पत्ताहले गोल गरेका हुन् ।

तीन दलको बैठक स्थगित गरि शीर्ष नेताहरु फुटबल हेर्न रंगशालामा


प्रमुख तीन दलका शीर्ष नेताहरुको आज हुनुपर्न बैठक भने गृहकार्य नपुगेको भन्दै स्थगित गरिए पनि दशरथ रंगशालामा भएको फुटबल हेर्न भने सँगै भेला भएका छन्। खेल हेर्न प्रधानमन्त्री बाबुराम भट्टराई लगायत शीर्ष नेताहरु भीआइपी दीर्घामा उपस्थित छन्।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कङ्ग्रेस सभापति सुशील कोइराला, विपक्षी दलका नेता रामचन्द्र पौडेल, एमाले नेता माधवकुमार नेपाल, केपी ओली, वामदेव गौतम, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख सुवास नेम्वाङ, राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि रंगशालाको भीआइपी दीर्घामा छन्।

संयुक्त बैठक स्थगित


लडाकुबाट वाइसीएल बनेकाहरूलाई प्याकेज दिने विषयमा टुंगो लगाउन आज बस्ने भनिएको संयुक्त बैठक स्थगित भएको छ। पार्टी हेडक्वार्टर, लडाकुका कमाण्डर, वाइसीएल प्रतिनिधिसहित बैठक बसेर लडाकु वाइसीएललाइ दिने प्याकेज टुंगो लगाउने तयारी भएको थियो। कमाण्डर पासाङजी बाहिर जानु भएका कारण बैठक नबस्ने भयो। २९ गते बस्ने तयारी भएको छ। वाइसीएलका पूर्व महासचिव दिलिप प्रजापतिले भने। लडाकुबाट वाइसीएल बनेकाको तथ्याङ्क संकलन गर्ने तयारी भएको उनले बताए।

Sunday, January 15, 2012

सहमतिमै भ्रमण गोप्य राखिएको प्रधानमन्त्रीको भनाइ

काठमाडौं, माघ १(प्रधानमन्त्री बाबुराम भट्टराईले चिनियाँ र नेपाली पक्षको सल्लाह र सहमतिमै चिनियाँ प्रधानमन्त्री वेन जियाबाओको भ्रमणबारे प्रचार नगरिएको जानकारी दिएका छन्। आज बालुवाटारमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री भट्टराईले चिनियाँ पक्षले भ्रमणबारे प्रचार नगर्न अनुरोध गरेपछि दवावको रुपमा नभई सहमतिमै भ्रमणबारे प्रचार नगरिएको स्पष्ट पारे | उनले चीनका प्रधानमन्त्री जियाबाओको नेपाल भ्रमण ट्र्रान्जिटु भ्रमणमात्र नभई औपचारिक सद्‍भाव भ्रमण भएको बताए।
कुराकानीको क्रममा चिनियाँ प्रधानमन्त्री जियाबाओले यसअघि पुस ५ गते नेपाल भ्रमणमा आफू आउने तय भएकोमा आन्तरिक कारणले भ्रमण स्थगन गरिएको जानकारी दिएको प्रधानमन्त्री भट्टराईले उल्लेख गरे। चिनियाँ प्रधानमन्त्रीको भ्रमण आफू नेतृत्वको सरकारलाई चीन सरकारको पूर्ण समर्थन र सहयोग रहने राजनीतिक सन्देश भएको पनि प्रधानमन्त्री डा भट्टराईले उल्लेख गरे।
चिनियाँ प्रधानमन्त्रीले भ्रमणका क्रममा नेपालले भारतसँगको सम्बन्धलाई थप विस्तार गर्नसमेत आग्रह गरेको प्रधानमन्त्रीले जानकारी दिए। मैले चिनियाँ प्रधानमन्त्रीलाई भारत र चीनबीच रहेको नेपालले दुवै देशसँग सन्तुलित सम्बन्ध राख्ने पक्षमा नेपाल रहेको जानकारी दिए। उहाँले पनि त्यसमा सहमति जनाउनुभयो। चीन र भारत दुई छिमेकीबीच गतिशील पुलको रुपमा नेपालले सेतुको भूमिका खेल्नुपर्ने पक्षमा आफू रहेको प्रधानमन्त्रीले औंल्याए। बदलिँदो परिवेशमा नेपालको विदेश नीतिलाई नयाँ ढङ्गले परिभाषित गनुपर्ने प्रधानमन्त्रीको धारणा थियो। भ्रमणका क्रममा चीनसँग पनि व्यापार लगानी प्रर्वद्धन तथा सुरक्षा सम्बन्धी सम्झौता ९बिप्पा० गर्ने तयारी गरिए पनि समय नपुगेकाले केही समयपछि सो सम्झौता गर्ने सहमति भएको प्रधानमन्त्रीले जानकारी दिए।
चीनको सीमाबाट काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्ग पुर्‍याउन चिनियाँ पक्षसँग आफूले सहयोग मागेको पनि उनले बताए। त्यस्तै चीनसँग सीमा जोडिएको नेपालका हुम्ला, मुस्ताङलगायतका जिल्लामा चीन र नेपालले सडक यातायात विस्तार गर्न पहल गर्नुपर्ने धारणा पनि उनले व्यक्त गरे।

माओवादी नफुटने

काठमाडौं, माघ १ ( माओवादी केन्द्रीय समिति बैठकले अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ उपाध्यक्ष मोहन वैद्यका प्रस्ताव तल्लो तहसम्म छलफलमा लैजाने निर्णय गरेको छ । आइतबार साँझ सकिएको बैठकले दुवै प्रस्तावलाई थाति राख्दै तल्लो तहसम्म छलफलमा लैजाने निर्णय गरेको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए । छलफल गर्ने स्वतन्त्रता प्रजातान्त्रिकरुपले जनवादी तरिकाले जारी राख्ने, उनले सञ्चारकर्मीसित भने, पार्टीलाई अनुशासित पनि बनाउने तर कार्यक्रममा भने एकताबद्ध भएर जाने निर्णय भएको छ । माओवादीले शान्ति र संविधानलाई निष्कर्षमा पुर्‍याउन पहल गर्नेसमेत निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिए । अहिलेको कार्यक्रम भनेको शान्ति र संविधान हो, उनले भने, त्यसको स्पिरिटका साथ पार्टी एकताबद्ध भएर अघि बढ्नेछ ।
केन्द्रीय समिति बैठकमा अध्यक्ष दाहालको शान्ति र संविधानको कार्यदिशासहितको प्रतिवेदनविरुद्ध वैद्यले जनविद्रोहको प्रस्तावसहितको प्रस्ताव पेश गरेका थिए । दुवै पक्षका नेताहरुलाई मिल्न दबाब दिएपछि दुइटै प्रतिवेदन थाति राखिएको हो ।
बैठकपछि उपाध्यक्ष वैद्यले पनि जनताको संघीय गणतन्त्र संस्थागत गर्दै जनसंविधान निर्माणका लागि पार्टी एक भएको बताए । यसअघि आइतबार रोल्पामा महोत्सव उद्‌घाटन गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टी नफुट्ने बताउँदै दुवै पक्ष एक भएको बताएका थिए । हिजो रातिमात्र दुवै प्रतिवेदनलाई एक बनाउने सहमति हामीबीच भएको छ,उनले भने,यो ताजा जानकारीले तपाईंहरुलाई हर्षित तुल्याउँछ भन्ने लागेको छ ।