Saturday, July 3, 2010

नेपाल हङकङसंग पराजित

एसीसी महिला टी-ट्वान्टी कि्रकेट प्रतियोगिताको सेमिफाइनलबाट नेपाल वाहिरिएको छ । कुवेतको हुवारा कि्रकेट मैदानमा भएको सेमिफाईनल खेलमा नेपाल हङकङ पराजित भएको हो । नेपाल हङकङसंग ९ विकेटले पराजित भएको हो । यो पराजय संगै नेपालको फाइनल यात्रा अधुरो भएको छ । चीनले िसंगापुरलाई पराजित गर्दै समुह ए को विजेता बनेपछि नेपालको हङकङसंगको प्रतिस्पर्धा निश्चित भएको थियो । लगातार चार खेलमा जीत हात पार्दै नेपाल समुह बी को विजेता बनेको थियो । हङकङ पनि समुह ए को उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको थियो । नेपालले लिग चरणको पहिलो खेलमा थाइल्याण्डलाई दोस्रो खेलमा युएई तेस्रो खेलमा आयोजक कुवेत र लिग चरणको अन्तिम खेलमा मलेसियालाई पराजित गरेको थियो ।

No comments: