Tuesday, March 1, 2011
केन्द्रिय संसद दु्ई सदनात्मक वनाउने सहमति
नयाँ संविधानमा केन्द्रिय व्यवस्थापिका-संसद दुई सदनात्मक राख्ने सहमति भएको छ । संबिधानका विवादास्पद विषय टुग्याउन गठित संवैधानिक समिति अन्र्तगतको उपसमितिको आज संसद सचिवालयमा बसेको पहिलो बैठकले यस्तो सहमति गरेको हो । यो दुई सदनात्मक ब्यवस्थापिका संसदको क्षेत्राधिकारका विषयमा भने अर्को बैठकमा छलफल हुने भएको छ । एकिकृत नेकपा ंमाओवादीले एक सदनात्मक संसद हुनुपर्ने भन्दै राखेको पूर्व अडानवाट पछि हटेपछि उपसमितिमा सहमति जुटेको हो । तर माओवादीले दुई सदनलाई अहिलेकै रुपमा नभएर त्यसलाई परिमार्जन गर्नुपर्ने बताएको छ । दुई सदनको नाम प्रतिनिधि सभा र राष्ट्रिय सभा राख्ने सहमति समेत उपसमितिले जुटाएको छ । उपसमितिका सदस्य एवं कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले केन्द्रीय व्यबस्थापिका सम्बन्धी विबाद टुगिएकोले यसपछि धेरै प्रश्नको हल हुने बताउनुभयो । संवैधानीक समितिका सभापति निलाम्बर आचार्यले पहिलो दिनको छलफल सकारात्मक रहेकोले फागुन मसान्तसम्म विबाद टुिगंने विश्वास व्यक्त गर्नुभयो । प्रादेशिक सदन एक सदनात्मक बनाउने बिषयमा यसअघि उच्चस्तरिय कार्यदलले सहमति जुटाइसकेको छ । संविधानका विवादास्पद ७५ प्रश्न मध्ये करिव दुई दर्जन प्रश्नावली व्यवस्थापिका कति सदनात्मक हुने विषयसँग सम्वन्धित छन् । उपसमितिको अर्को बैठक विहिबार भएको छ ।
Thursday, February 24, 2011
राष्ट्रपति यादवको चित्त चिकित्सकले दुखाए

एमालेको कुरा माओवादीले वुझेन

यहि चालले संविधान बन्छ ?

Saturday, July 3, 2010
लिबियामा भइरहेको प्रदर्शनमा अमेरिकी समर्थन

नेपाल हङकङसंग पराजित

Friday, May 7, 2010
माओवादीको देशब्यापी आम हडताल,शान्ति प्रकि्रया धरापमा

Thursday, August 13, 2009
२२दल एक ठाउँ
प्रकाश गिरीसत्तारुढ २२दलको विहिवार साउन २९गते प्रधानमन्त्री निवास वालुवाटारमा वसेको वैठकले उपराष्ट्रपति परमानन्द झालाइ नेपाली भाषामा पुन सपथ लिन आग्रह गरेको छ । अन्तरिम संविधानमा मातृभाषामा सपथ लिने ब्यवस्था नभएकॊले यसपटक नेपालीमा नै सपथ लिन यी दलहरुले आग्र गरेका हुन । गत वर्ष उपराष्ट्रपति भएपछि झाले नेपालीमा सपथ लिनु असंवैधानिक भन्दै सर्वोच्च अदालतमा परेको रिटमा सुनुवाइ गर्दै अदालतले उहालाइ पुन नेपाली सपथ लिन निर्देशन दिएको थियो । तर उपराष्ट्रपति झाले भने मानिरहनुभएको छैन । त्यस्तै २२दलको वैठकले भदौ १ हुने संवैधानिक समितिको सभापतिको उम्मेदवार साझा वनाउने कसरत पनि गरेका छन । तर वैठकमा साना दलले भने माले नेता सि पी मैनालीलाइ पनि उम्मेदवार उठाउने वताएर साझा उम्मेदवार तय गर्न वाट रोकेका छन । सभापतिको लागि कांग्रेसले नीलाम्वर आचार्य तथा माओवादीले डा।वावुराम भट्टराइलाइ उठाउने निर्णय गरेको छ । यो वैठकमा माओवादी भने सहभागी थिएन । वहुमत सदस्य कांग्रेस उम्मेदवारको पक्षमा रहेकोले छिटै नाटकिय परिवर्तन भएन भने संवैधानिक समितिको अध्यक्षमा निलाम्वर आचार्य निर्वाचित हुने लगभग निश्चित छ ।
आन्दोलनको चेतावनि
एकिकृत नेकपा माओवादीका उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईले अहिले पनि लोकतन्त्रको उपहास भइरहको भन्दै नयाँ नेपाल निर्माणमा क्रान्ति अझै पुरा नभएको बताउनुभएको छ । नेपाल इन्जिनियस्र पुर्वाधार बिकास समाजले आज काठमाडौंमा गरेको नयाँ नेपालमा प्रविधिको बिकास विषयक गोष्ठिमा नेता भट्टराईले देशि बिदेशि शक्तिको आडमा प्रतिगमनको बाटो तर्फ देशलाई लैजाने प्रयास भएको भन्दै क्रान्तिलाई पुर्णता दिन आन्दोलन गर्न लागेको स्पष्ट पार्नुभयो । नेतम भट्टराईले अहिलेको अवस्थामा देशलाई रक्तपात र द्धन्द्धबाट रोक्न शान्ति सिवंधान र नागरीक सर्वोच्चताको ग्यारेन्टी आफहरुको माग भएको बताउनुभयो । नेपाल इन्जिनियस्र पुर्वाधार बिकास समाजको गोष्ठिमा पुर्व अर्थमन्त्री समेत रहनुभएका भट्टराईले ग्रामिण क्षेत्रमा सूचनाको पहुँच पुर् याउन आर्थिक नीति पनि समयानुकुल परिवर्तन गर्दै बजारमुखी अर्थतन्त्रको बिकास गर्नुपर्ने बताउनुभयो ।
Subscribe to:
Posts (Atom)