Friday, May 4, 2012

कमा , र कोष्ठका -माओवादी



एकीकृत नेकपा माओवादीको मूल घरबाट यसअघि छुट्टएिर हिंडेका मातृका यादवले पनि संस्थापन पक्षलाई यसैगरी आरोप लगाएका थिए, जुन अहिले मोहन बैद्य पक्षधरले लगाएको छ । अर्थात प्रचण्ड, बाबुराम पक्षधरले क्रान्तिको बाटो बिर्सेको र संशोधनवादतर्फ लागेको भन्दै यादव ऊबेलै छुट्टएिर हिँडे । तर उनले आफू छुट्टएिको नभै प्रचण्ड र बाबुरामहरु चाहिं मूल घरबाट बाहिरिएको टिप्पणी गरे । त्यसैले उनले पार्टीको नाम पनि यसैगरी जुराए । अर्थात पहिले जनयुद्धताका भनिने नेकपा (माओवादी । यसो भन्दा आफू चाहिं मूल घरमै रहेको र एकीकृत नेकपा माओवादी चाहिं छुट्टएिर हिंडेको भन्ने अर्थ लगाउने उनको प्रयत्न थियो । तर नामले मात्र हुनेवाला केही थिएन । छुट्टएिर हिंडे लगत्तै मातृका यादव गुमनाम जस्तै भए ।
मातृकाले जे गरेका थिए, अहिले बैद्य पक्षले पनि त्यही गरेको छ । पहिले वैद्यले नयाँ पार्टीको नाम नेकपा क्रान्तिकारी माओवादी राख्ने प्रस्ताव गरेपनि सबैको सल्लाह र सुझावमा नाम नेकपा, माओवादी भन्ने रहन पुगेको छ । यो नाम राख्दा आफूहरु प्रचण्ड र बाबुरामहरु भन्दा क्रान्तिकारी ठहरिने उनीहरुको बुझाई छ । जुन नामबाट पार्टीले जनयुद्ध गरेको थियो, अहिले त्यही नाम राख्दा बढी महत्व पाउनेमा बैद्य पक्षका नेताहरु ढुक्क छन् । अर्थात मातृका यादवले जे गरेका थिए, अहिले बैद्य पक्षले त्यही गरेको छ । भन्दा मातृका यादवकै नामसित मिल्ने, तर लेख्दा चाहिं फरक हुने गरी बैद्य पक्षले नयाँ पार्टीको नाम जुराएको छ ।

मातृका यादव पनि आफूहरुसँग नजिक भएको, अहिले मोर्चामै रहेको र भविष्यमा सँगै हुन पनि सकिने हिसाबले यो नाम राखिएको बैद्य पक्ष निकट स्रोतको भनाई छ । तर नाम जुधेको भन्दै मातृका यादवले बिरोध गरिसकेका छन् । प्रचण्ड र बाबुरामसित छुट्टएिकोमा स्वागत गर्दै उनले नाम जुधाएकोमा भने आपत्ति जनाएका छन् । नाम मिल्दा सहकार्य हुन गाह्रो हुने भन्दै उनले नाम परिवर्तन गर्न पनि आग्रह गरेका छन् । तर बैद्य पक्षले भने भन्दा उस्तै भएपनि लेख्दा फरक हुने भएकाले खासै फरक नपर्ने जिकीर गरेको छ ।
कमा , र कोष्ठ – ०
भर्खरै एकीकृत नेकपा माओवादीबाट छुट्टएिको बैद्य पक्षको नाम नेपाल कम्युनिष्ट पार्टी, माओवादी हो । अर्थात नेकपा भनेपछि कमा , राखेर माओवादी झुण्ड्याइएको छ । तर उच्चारणमा कसैले पनि नेकपा कमा माओवादी भन्दैन । भन्दा पनि अप्ठेरो हुन्छ । के भनेको के भनेको जस्तो । कमा राखेपनि नराखेपनि बैद्य पक्षको नयाँ पार्टीको उच्चारण नेकपा माओवादी हुन्छ ।
अब मातृका यादवको पार्टीलाई हेरौं । यादवको पार्टीको नाम हो नेकपा (माओवादी० । यसलाई उच्चारण गर्दा अहिलेसम्म कसैले पनि नेकपा कोष्ठभित्रको माओवादी भनेको छैन । भन्न पनि अप्ठेरो । अर्थात उच्चारण गर्न यादवको पार्टीको नाम पनि नेकपा माओवादी नै हो ।
पछि दर्ता गर्ने बेला त के हुन्छ कुन्नि । अहिले नै नामको उच्चारण गर्दा चाहिं पक्कै अप्ठेरो भएको छ । भन्दा कि बैद्यको नेकपा माओवादी र मातृकाको नेकपा माओवादी भन्नुपर्यो । न त केही फरक अवश्य हुन पर्ला । कि छिटै बैद्य र यादव सँगै बस्ने हिसाबले यस्तो गरिएको हो ?

No comments: