Wednesday, December 7, 2011

रामनाथ ढकाल सवार गाडीमाथि ढुङ्गा प्रहार

राज्य व्यवस्था समिति सभापति रामनाथ ढकाल सवार गाडीमाथि बुधबार राजधानीको ब्यस्त चोकमा ढुङ्गा प्रहार भएको संविधानसभा भवन नयाँबानेश्वरबाट निवासतर्फ जाँदै गरेका ढकालमाथि पुतलिसडक चोकमा शंकरदेव क्याम्पस तिरबाट ढुङ्गा प्रहार भएको हो ढुङ्गाप्रहारबाट उनी चेडको बा ८५०० नम्बरको सरकारी गाडीको पछाडीको सिसा फुटेको विस्तारै जाँदै गरेका बेला तोकेर प्रहार गरिएको ढुङ्गाले आफ्नो कोटमा लागेको ढकालले जानकारी दिए घटनालगत्तै सभापति ढकालले उपत्यका प्रहरी कार्यालयमा पुगी घटना विवरण टिपाएका छन् एमाले सभासद् ढकाल सभापति रहेको राज्यब्यवस्था समितिको कार्यक्षेत्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि सबै सुरक्षा निकाय पर्छन् उनले बुधबार संसदमा विशेष समय लिएर बोल्दै मुलुकको शान्ति सुरक्षाको अवस्था दयनिय रहेकोमा चिन्ता ब्यक्त गरेका थिए प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकार गठन भएयता मात्र १० जनाको हत्या भएको उल्लेख गर्दै नागरिक असुरक्षाप्रति जिम्मेवार बन्न उनले सरकारको ध्यानाकर्षण गराएका थिए

No comments: