Monday, June 18, 2012

माओवादी फुट्यो–नया पार्टीको नाम नेकपा माओवादी,फागुन १ गते महाधिवेशन गरिने

प्रकाश गिरी
अब एकिकृत नेकपा माओवादी एकिकृत रहेन । तिन देखि राजधानीको बौद्धमा जारी भेलामा माओवादी बरिष्ठ उपाध्यक्ष मोहन बैद्य पक्षधर समुहले नया पार्टी गठन गर्ने निधो गरेपछि एकिकृत नेकपा माओवादी भनेर अहिले सम्म भीमकाय स्वरुप धारण गरेको माओवादी विभाजन भएको हो । बौद्धमा शनिवार देखि जारी राष्ट्रिय भेलाका सहभागीले नया पार्टी गठन गर्ने कुरामा सम्मति दिएका थिए । उनीहरुले नया पार्टी गठन गर्ने नेतृत्वको प्रस्ताव, विधान, र पार्टीको नाम संशोधन सहित सर्वसम्मतिले पास गरे । यसपछि अब नया मोहन बैद्यले नेतृत्व गरेको नया पार्टीको नाम नेकपा माओवादी रहने भएको छ । पार्टी वहुपदीय पद्धतिमा जाने छ ।
यहि भेलाले विगत २० बर्ष देखि हुन नसकेको महाधिवेशन आगामी फागुन १ गते गर्ने निधो पनि गरेको छ । २०५२साल फागुन १ गते माओवादी ससस्त्र युद्ध गर्ने भन्दै भुमिगत भएको थियो ।
यहि ऐतिहासिक दिनको सम्झना गर्दै बैद्य पक्षधर माओवादीले महाधिवेशन गर्ने मिति तय गरेको हो । भेलाले पार्टी वहुपदीय परिपाटीमा जाने निर्णय पनि गरेको छ । त्यतिवेला सम्मको लागि नेकपा माओवादीको अध्यक्षता मोहन वैद्य स्वयमले गर्नेछन भने यसको महासचिवमा रामवहादुर थापा तथा सचिवमा सीपी गजुरेल हुने भएको छन । देव गुरु¨ र नेत्रविक्रम चन्दलाई स्थायी समितिमा चयन गरिएको छ । यी नेताहरुले एकिकृत नेकपा माओवादीमा पनि यहि जिम्मेवारी सम्हालेका थिए । वैद्यको पार्टीमा तत्कालको लागि ७५सदस्यीय केन्द्रिय समिति गठन गरिने भएको छ । पुरानो पार्टीमा केन्द्रिय सदस्य भएकाहरु यस नया पार्टीमा स्वत केन्द्रिय सदस्य हुनेछन । नया पार्टीले क्रान्ति सफल पार्नको लागि जनयुद्ध गर्न सक्ने सम्मका लक्ष्य लिएको छ ।

No comments: