Saturday, April 16, 2011

भुटानले वार्ता समिति सकि्रय वनाउने

भुटानी प्रधानमन्त्री जिग्मे वाइ थिन्लेले द्धिपक्षिय वार्ता गरेर भुटान छाडेर नेपाल आएका आफ्ना वास्तविक नागरिकलाई फिर्ता लान सकिने बताउनुभएको छ । तीन दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किने क्रममा भुटानी प्रधानमन्त्री थिन्लेले छिट्टै द्धिपक्षीय वार्ता थाल्ने सहमति भएको र कति शरणार्थी फिर्ता लाने भन्ने बारे चांडै निर्णय गर्न सकिने पनि बताउनुभयो । २०६० कार्तिक ३ गतेदेखि अवरुद्ध भएकॊ नेपाल भुटान-संयुक्त दिपक्षीय वार्ता समितिलाई सकि्रय बनाउने सहमति भएको पनि थिन्लेले जानकारी दिनुभयो । दक्षिण एसीयाली क्षेत्रीय सहयोग संगठन सार्कको अध्यक्षको हैसियतमा नेपाल भ्रमणमा आउनु भएका भुटानी प्रधानमन्त्रीले व्यापार वाणिज्य पर्यटन जलबायु परिवर्तनका विषयमा नेपाली समकक्षीसँग छलफल भएको जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा साचारकर्मीले शरणार्थीको संख्या बारे प्रश्नगर्दा थिन्ले ८० हजार शरणार्थी छन् भन्ने बारे आफ्नो सरकारलाईलाई थाहै नभएको भन्दै पन्छिनु भएको थियो । शरणार्थीका विषयमा नेपालले चासो देखाउँदै आएपनि भुटानी पक्ष यस विषयमा उदासीन बनेपछि नेपालमा रहेका करिव ४४ हजार भुटानी शहरणार्थी विश्विका विभिन्न मुलुकमा स्थानान्तरण भइसकेका छन् । सन् १९९० देखि कूल जनसंख्याको २० प्रतिशत नेपाल भाषीलाई भुटान सरकारले बलपूर्वक देश निकाला गरेको थियो ।

No comments: