Tuesday, June 19, 2012

भट्टराई पक्षका मजदुरले दाहाल पक्षको निर्णय नमान्ने

एकीकृत माओवादी निकट अखिल नेपालहोटेल तथा रेष्टुरा मजदुर संघको राष्ट्रिय भेलालाई उपाध्यक्ष बाबुराम भट्टराई पक्षधर मजदुर नेताले बहिस्कारको घोषणा गरेका छन्। 
राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी भट्टराई पक्षधर मजदुर नेताले ३० गते पोखरामा सम्पन्न हुन गइरहेको सो सम्मेलन एक पक्षीय भएको भन्दै बहिस्कार गर्न लागेका हुन्।
पार्टीको निर्णय २९(३० मा काठमाडौं सम्मेलन गर्ने भनिएको छ तर सम्मेलन पोखरामा गर्ने एकलौटी निर्णय गरियो, नेवाः राज्य समितिवाट ४ सय र अन्यवाट २ सय प्रतिनिधि बनाउने भन्नेछ। तर मनलाग्दी १ हजार प्रतिनिधि बनाउने काम भयो,भट्टराई पक्ष मजदुर नेता मुक्ति दाहालले भने,त्यसकारण अध्यक्ष प्रचण्ड निकटहरुले गरेको एकलैटी निर्णय हामीलाई मान्य छैनौं। सो बारे पार्टीलाई जानकारी पनि गराइसकेको दाहालको भनाई छ।

Monday, June 18, 2012

माओवादीले सर्वसत्तावाद लादन संविधासभा विघटन गरेको खनालको आरोप

नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले संविधान सभा भङ्ग गर्ने घटना कुनै आकस्मिक र बाध्यात्मक नभएको बताउँदै यो माओवादी सर्वसत्तावादको शृङ्खलाबद्ध योजनाको एउटा कडी थियो भनेका छन्। यसमार्फत् माओवादीले हिंसाद्वारा पूरा गर्न नसकेका, सरकारको नेतृत्व गर्दा लागू गर्न नसकिएका र कथित सहरी विद्रोहको अभ्यासद्वारा हासिल गर्न नसकेका आफ्ना एजेण्डा स्थापित गर्न चाहेको पनि उनले बताएका छन्। यो कदम निर्वाचनद्वारा अर्को संविधान सभा गठन गर्न र त्यसमार्फत् संविधान निर्माण गर्न होइन, राजनीतिक रिक्ततामा स्वेच्छाचारी र सर्वसत्तावादी शासन सञ्चालन गर्ने र अन्ततः सत्ता कब्जा गर्ने दुराशयले प्रेरित भएको पनि उनले आफ्नो राजनीतिक प्रस्तामा उल्लेख गरेका छन्।

विरोधका बीच बाबुराम भट्टराई ब्राजिल प्रस्थान

प्रधानमन्त्री बाबुराम भट्टराई राष्ट्रसंघीय बैठकमा भाग लिन सोमबार ब्राजिलको रियो दि जेनेरियोका लागि प्रस्थान गरेका छन् । विपक्षी कांग्रेस र एमालेका विद्यार्थी तथा युवा संगठनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि विरोध प्रदर्शन गरेका थिए । असार ६ देखि ८ मा हुन लागेको दिगो विकाससम्बन्धी राष्ट्रसंघीय सम्मेलनमा भाग लिन भट्टराई त्यसतर्फ गएका हुन् । विमानस्थल बाहिर भइरहेको विरोधका बीच प्रधानमन्त्री भट्टराई सवा ३ बजे केही मन्त्रीसहित विमानस्थल प्रवेश गरेका थिए । नेविसंघका ५ विद्यार्थीले विदेश जानु छ भन्दै विमानस्थल भित्रै छिरेर प्रधानमन्त्रीलाई कालो झण्डा देखाए । उनीहरूलाई विमानस्थल प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामा रामप्रसाद अधिकारी, निरञ्जन थापा, सिजर भट्ट, उज्जवन बुढाथोकी र पशुपति साह छन् । वर्षा भएपछि प्रधानमन्त्रीले औपचारिक ढंगले सलामी समेत ग्रहण नगरी विदेश उडेका छन् । कांग्रेस र एमालेका भ्रातृसंगठन नेविसंघ तथा युवा संघले अपराह्न २ बजेपछि एयरपोर्ट अगाडि मूल सडक अवरुद्ध गरेर विरोध प्रदर्शन सुरु गरेका थिए । प्रदर्शनकारीले परराष्ट्र मन्त्रालयको बा१झ ५४५३ तथा गृहको बा१ झ ७९६९ नम्बरको गाडीमा ढुंगा हानेर क्षति पुर्‍याएको छ । प्रदर्शनकारीमाथि बल प्रयोग गर्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

माओवादी फुट्यो–नया पार्टीको नाम नेकपा माओवादी,फागुन १ गते महाधिवेशन गरिने

प्रकाश गिरी
अब एकिकृत नेकपा माओवादी एकिकृत रहेन । तिन देखि राजधानीको बौद्धमा जारी भेलामा माओवादी बरिष्ठ उपाध्यक्ष मोहन बैद्य पक्षधर समुहले नया पार्टी गठन गर्ने निधो गरेपछि एकिकृत नेकपा माओवादी भनेर अहिले सम्म भीमकाय स्वरुप धारण गरेको माओवादी विभाजन भएको हो । बौद्धमा शनिवार देखि जारी राष्ट्रिय भेलाका सहभागीले नया पार्टी गठन गर्ने कुरामा सम्मति दिएका थिए । उनीहरुले नया पार्टी गठन गर्ने नेतृत्वको प्रस्ताव, विधान, र पार्टीको नाम संशोधन सहित सर्वसम्मतिले पास गरे । यसपछि अब नया मोहन बैद्यले नेतृत्व गरेको नया पार्टीको नाम नेकपा माओवादी रहने भएको छ । पार्टी वहुपदीय पद्धतिमा जाने छ ।
यहि भेलाले विगत २० बर्ष देखि हुन नसकेको महाधिवेशन आगामी फागुन १ गते गर्ने निधो पनि गरेको छ । २०५२साल फागुन १ गते माओवादी ससस्त्र युद्ध गर्ने भन्दै भुमिगत भएको थियो ।

Friday, May 4, 2012

कुमारी कन्याहरुको नांगो परेड


आफ्नो देशका राजाप्रति सम्मान तथा एक्येबद्धता प्रकट गर्न त्यस देशका जनताले के गर्लान् रु यसको एउटै जवाफ नहुनसक्छ, किनकी देश गुनको भेष भनेझैँ सबैको आ आफ्नो तरिका हुनसक्छ ।
तर स्वाजिल्याण्ड भन्ने अफ्रिकी देशमा भने राजाप्रति सम्मान तथा एकता पर््रदर्शन गर्न त्यस देशका हजारौँ महिलाहरुले हालै नांगो परेड देखाएका छन् ।
अफ्रिकी महादेशकै अन्तिम सक्रिय राजतन्त्रको रुपमा रहेको स्वाजिल्याण्डका राजले बिहे गर्नका लागि केटी छान्न पनि देशभरीका तरुनी कन्याहरुलाई नांगै जुलुस निकाल्न लगाएको विषयले केही समयअघि चर्चा र विवाद उत्पन्न गराएको थियो । निरंकुश राजाले जबरजस्ती महिलाहरुलाई नंग्याएको आरोप लागेको थियो ।

कमा , र कोष्ठका -माओवादी



एकीकृत नेकपा माओवादीको मूल घरबाट यसअघि छुट्टएिर हिंडेका मातृका यादवले पनि संस्थापन पक्षलाई यसैगरी आरोप लगाएका थिए, जुन अहिले मोहन बैद्य पक्षधरले लगाएको छ । अर्थात प्रचण्ड, बाबुराम पक्षधरले क्रान्तिको बाटो बिर्सेको र संशोधनवादतर्फ लागेको भन्दै यादव ऊबेलै छुट्टएिर हिँडे । तर उनले आफू छुट्टएिको नभै प्रचण्ड र बाबुरामहरु चाहिं मूल घरबाट बाहिरिएको टिप्पणी गरे । त्यसैले उनले पार्टीको नाम पनि यसैगरी जुराए । अर्थात पहिले जनयुद्धताका भनिने नेकपा (माओवादी । यसो भन्दा आफू चाहिं मूल घरमै रहेको र एकीकृत नेकपा माओवादी चाहिं छुट्टएिर हिंडेको भन्ने अर्थ लगाउने उनको प्रयत्न थियो । तर नामले मात्र हुनेवाला केही थिएन । छुट्टएिर हिंडे लगत्तै मातृका यादव गुमनाम जस्तै भए ।
मातृकाले जे गरेका थिए, अहिले बैद्य पक्षले पनि त्यही गरेको छ । पहिले वैद्यले नयाँ पार्टीको नाम नेकपा क्रान्तिकारी माओवादी राख्ने प्रस्ताव गरेपनि सबैको सल्लाह र सुझावमा नाम नेकपा, माओवादी भन्ने रहन पुगेको छ । यो नाम राख्दा आफूहरु प्रचण्ड र बाबुरामहरु भन्दा क्रान्तिकारी ठहरिने उनीहरुको बुझाई छ । जुन नामबाट पार्टीले जनयुद्ध गरेको थियो, अहिले त्यही नाम राख्दा बढी महत्व पाउनेमा बैद्य पक्षका नेताहरु ढुक्क छन् । अर्थात मातृका यादवले जे गरेका थिए, अहिले बैद्य पक्षले त्यही गरेको छ । भन्दा मातृका यादवकै नामसित मिल्ने, तर लेख्दा चाहिं फरक हुने गरी बैद्य पक्षले नयाँ पार्टीको नाम जुराएको छ ।

यस्तो पनि प्रदर्शन ?




Saturday, March 31, 2012

बुबु सम्वन्धि नया तथ्य


यौन मनोविज्ञानको विषयका गरिएको एक नयाँ अध्ययनले केही नयाँ तथ्यांक बाहिर ल्याएको छ ।

अध्ययन अनुसार महिलाहरु पुरुषलाई प्रभावित पार्न र जागिरमा अवसरको लागि समेत आफ्नो छातिलाई बढि भन्दा बढि खुल्ला छाड्ने गर्छन् ।




  • हरेक सात जनामा एक जना महिला आफ्नो बोसलाई आकषिर्त गर्न कार्यालयमा जाँदा दुइ स्तनको बिच भागमा जोतिने प्रकारको सिक्रि लगाउँछन् ।

Friday, March 30, 2012

नेविसंघ विवाद मिलाउन शीर्ष नेता


कङ्ग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघमा देखिएको विवाद मिलाउन सभापति सुशील कोइरालाले उपसभापति रामचन्द्र पौडेल र महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौलालाई जिम्मेवारी तोकेका छन्। शनिबार बिहान कोइराला निवास महाराजगञ्जमा नेताहरुको अनौपचारिक बैठकले नेविसंघको बिवाद सुल्झाउन तीन नेतालाई जिम्मेवारी तोकिएको काँग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले जानकारी दिए।

शान्ति प्रकृया टुंगिए संघियतासहितको नयाँ संविधान


नेपाली कङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले चैत ३० मा शान्ति प्रकृया टुंगिए संघियतासहितको नयाँ संविधान जेठ १४ मै जारी हुने बताएका छन्। उनले सेना समायोजन विशेष समितिले चैत ३० भित्रमा समायोजनमा जाने माओवादी लडाकु नेपाली सेनाको जिम्मा र हतियार राज्यको जिम्मा लगाउने तोकेको समयसीमामै काम सम्पन्न भए जेठ १४ मै नयाँ संविधान आउने दाबी गरे।
‘विशेष समितिको पछिल्लो निर्णयले राजनीति गतिरोध हटाउन मद्दत पुर्‍याएको छु(विराटनगर विमानस्थलमा शनिवार संवाददाताहरुसित कुरा गर्दै काँग्रेस नेता पौडेलले भने, ‘तर मंसिर १ गतेको डेट सारेर चैत ३० पुर्‍यायो, फेरी सार्छ कि भन्ने आशंका छँदैछ।