Arambha

Sunday, February 15, 2009

If you don't mind

Posted by Prakash Giri at Sunday, February 15, 2009
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

No comments:

Post a Comment

Newer Post Older Post Home
Subscribe to: Post Comments (Atom)

Search This Blog

Nepal

Nepal
Mt.Everest

चन्द र प्रचण्ड विचको समानता-प्रकाश गिरी

फुटको पिडा कस्तो हुन्छ भन्ने पाठ सिक्न नेपालकै ईतिहास काफी छ । जान्न चाहनेको लागि नेपालका पुराना दलहरु नै विश्वविद्यायलय हुन । फुटदै जुटदै लडदै अनि फेरि सम्हालिदै हिडेको नेपालका राजनीतिक दलहरुको आफनै अनुभव छ । तर फुटदा दलको हैसियत के थियो अनि जुटदा के छ ? यो फरक पनि उनीहरुले रामै्रसंग वुझेका छन । संविधानसभा निर्वाचनमा चुनिएका दलहरुलाई मात्र ख्याल गर्ने हो भने ६० प्रतिशत भन्दा बढी वामपन्थी दलहरुको वर्चस्व थियो । माओवादी अध्यक्ष पुष्पकमल दाहालले भर्खर चुनाव सकिएको वेलामा सवै वामपन्थी एक हुनुपर्छ भनेर प्रस्ताव पनि गरेका थिए । यसो गर्न सकिए वामपन्थी संविधान वनाउन सकिने उनको जिकिर थियो । हुनत हिसाव सोझो पनि थियो किनभने संविधानसभामा भारी मात्रामा वामपन्थीको वर्चस्व हुदा प्रजातान्त्रिक शक्ति भनेको नेपाली कांग्रेस एक्लो थियो त्यसमा पनि कमजोर मतका साथ । तर दाहालले यसरी कान फुके पनि चिरा चिरा परेका वापन्थिहरु चार बर्ष सम्म पनि जुटन सकेनन । कालन्तरमा वामपन्थी संविधान त परको कुरा संविधानसभाले सामान्य संविधान पनि वनाउन सकेन । अनि यतिकै अवशान भयो संविधानसभाको । चार बर्ष सम्म वाम दलहरुविच एकता त परको कुरा कार्यगत एकता पनि हुन सकेन । माओवादी अध्यक्षले एउटा कार्यक्रममा सवै वाम एक ठाउ हुन अपिल गरे पनि त्यतिवेला उनमा संविधनसभाको पहिलो दल भएको र वहुमत ल्याएको जोश र घमण्ड दुवै थियो । पछि मात्र वुझेका हुन उनले वहुमत भए पनि संविधान वनाउनको लागि यो पर्याप्त मत होईन रहेछ भनेर । हुनत उनमा यो घमण्ड अहिले पनि सवार भइ नै रहेको छ । शुक्रवारको सभामा पनि उनले जेठको अन्तिम साता खुलामञ्चमा आमसभा गर्ने कांग्रेस–एमालेलाई खुईल्याउन छाडेनन । भने–अरुले गाएको र नानीको वाउले सुसेलेको उस्तै हो । अनि अरुले नाचेको र नानीको वाउले खुट्टा हल्लाएको पनि उस्तै हो । नानीको वाउ दाहालले चार बर्ष सम्म सुसेले अनि खुट्टा पनि हल्लाए तर माखो चाहि मरेको होईन । कुरा के मात्र हो भने माओवादीले गरेको आमसभामा अलिकति मानिसको संख्या बढी चाहि थियो । यो सत्य हो । यस मामिलामा अरुले घमण्ड नगरे हुन्छ । तर के सधैं भिड निर्णायक हुन्छ र ? भीड जति र जत्रो भए पनि निर्णय गर्ने केहि सिमित नेताले मात्र हो । यो कुरा अध्यक्ष दाहालले जति छिटो वुझछन मुलुकले उति छिटो निकास पाउछ । लाजिम्पाटबाट माओवादी अध्यक्ष भएर आए पनि खुलामञ्चमा आउदा उनी संस्थापन पक्षको मात्र अध्यक्ष भइसकेका थिए । सिगो पार्टीबाट गुटको नेता हुदा कसको पो अनुहारमा चमक रहन्छ र ? हुनपनि खुलामञ्च भरि मानिस थिए,तर मञ्चमा वरिष्ठ उपाध्यक्ष मोहन वैद्य थिएनन अनि महासचिव,सचिव पनि थिएनन । विशाल सभा गरेर कांग्रेस–एमाले जस्ता दललाई आ¨काजी,मल्ल के सुन्दरको आडमा खुव खुइल्याउला भन्ने सोचेका अध्यक्ष दाहाललाई दातमा दर्शन ढुगा लाग्यो,वैद्य पक्ष सभामा नहुदा । त्यसैले उनले अरुलाई खुइल्याउनु भन्दा आफनैलाई कसरी ब्यवस्थापन गर्ने तर्फ बढी सोचेर सवै बिषयमा छलफल गर्छौं आउनुस मिलौं भनेर सुसेली होईन,सहमतिको बासुरी बजाए । तर वैद्य पक्षले फेरि पनि टेरपुच्छर लगाएन । बरु नानीका बाउले आउनुस मिलौं भनेको भोलि पल्ट नै वैद्यपक्षले गजबको झापड हान्यो,नया दल खोलेर । यसपछि अब भन्नु पर्ने,सुन्नुपर्ने अनि सोध्नुपर्ने केहि पनि रहेन,झन कुम हल्लाएर भाषण गर्नुपर्ने त कुरै रहेन । अब वुद्धिमानले म वास्तवमै कमजोर भएछु,पार्टी सम्हाल्न सकिन भनेर दुख मनाउ गर्छ तर मुर्खले चाहि चोइटिएर गएकाहरुको हैसियत छैन भनेर उल्टै घमण्ड गर्छ । प्रचण्ड कुन कोटिमा पर्छन,हेर्दै जाउ । मुल कुरा के हो भने २० बर्ष सम्म पार्टीमा अकण्टक शासन गरेपनि अनि महाधिवेशन नगरि आफनो मात्र चाजोपाजो जति मिलाए पनि अनि निकै चतुर नेता भनेर कहलिए पनि वास्तवमा १२औं खेलाडी भनेर कथा लेख्ने पञ्चायती पेष्ठभुमिका लोकेन्द्र वहादुर चन्द र प्रचण्डका खास अन्तर देखिएन । केहि समय अघि सम्म एमाले फुटाउन निकै कसरत गरेका उनले यतिवेला फुटको पिडा महशुश गर्नु परेको छ । अरु दलमा खेल्दा खेल्दै आफनो दल फुटन लागेको चाल नपाउने अनि पछि चाल पाएर पनि मुक दर्शक भएर मात्र बस्नु पर्ने प्रचण्डको वाध्यता र आफनो सरकार छाडेर नया सरकार वनाउनको लागि चलखेर गर्न जाने मन्त्रीहरुको वारेमा चाल नपाउने चन्द विच धेरै हद सम्म समानता देखियो । चन्दले आफनो डुगो प्वाल पारेर अर्को डुगामा मुसाहरु गएको चालै पाइन भनेर वोलेका थिए,अब चतुर भनिएका प्रचण्डले के वोल्छन हेर्न बाकी छ ।

About Me

My photo
View my complete profile

who will win the euro cup ?

Blog Archive

  • ►  2013 (4)
    • ►  May (4)
  • ►  2012 (36)
    • ►  November (8)
    • ►  September (9)
    • ►  June (4)
    • ►  May (3)
    • ►  March (10)
    • ►  January (2)
  • ►  2011 (12)
    • ►  December (1)
    • ►  April (5)
    • ►  March (3)
    • ►  February (3)
  • ►  2010 (4)
    • ►  July (2)
    • ►  May (2)
  • ▼  2009 (4)
    • ►  August (2)
    • ▼  February (2)
      • पुष्पकमल सुध्रे भने मेरो पार्टीमा स्वागत गर्न सकिन...
      • If you don't mind
  • ►  2008 (7)
    • ►  June (1)
    • ►  May (2)
    • ►  January (4)
  • ►  2007 (14)
    • ►  December (6)
    • ►  November (8)

Popular Posts

  • कार्कीको छलाङ
    राजाको प्रत्यक्ष शासनकालमा मुख्य सचिव रहेका कार्कीले करिब छ वर्षदेखि रिक्त अख्तियार प्रमुखको जिम्मेवारी लिए। राजपरिषद स्थायी समितिका तत...
  • नेकपा(माओवादीसहित ३३ दलले मागे राष्ट्रपतिको राजीनामा
     नेकपा(माओवादीसहितका ३३ दलले राष्ट्रपति डा. रामवरण यादवको राजीनामा मागेका छन् । लोकमान सिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प...
  • गोली खान तयार छु, तर बालुवाटार छाड्दिनँ-प्रधानमन्त्री
    प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रपति रामवरण यादव र आफ्नै पार्टी एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले योजनाबद्ध तरिकाले आफूलाई बर्...
  • प्रधानमन्त्रीलाई प्राधिकरणको झापड
    प्रकाश गिरी प्रधानमन्त्री डा.बाबुराम भट्टराईको निर्देशनलाई लोप्पा खुवाउदै नेपाल विद्युत प्राधिकरण विद्युत आपुर्तिमा भारीमा मात्रामा कटौती...
  • छ वर्षपछि तीन निकायमा प्रमुख
    राष्ट्रपति रामवरण यादवले तीन संवैधानिक निकाय प्रमुख नियुक्त गरेका छन्। संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपति यादवले बुधबार अख्तियार दुरुप...
  • क्रिकेटको भव्य सम्मान,मूलपानीको मैदान छिट्टै बन्ने
    आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन(३ जितेर फर्केको नेपाली टिमका कप्तान पारस खड्काले बुधबारको भव्य सम्मानपछि क्रिकेटले देशलाई राष्ट्रिय एकताम...
  • म प्रधानमन्त्री बन्न लालायित छैन -देउवा
    नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले प्रधानमन्त्रीको उम्मेदवारवारे काँग्रेसमा कुनै विवाद नरहेको वताउनुभएको छ । उहाँले काँग्रे...
  • पेट्रोलियम पदार्थको मूल्य बृ‌द्धि दुई दिनमै फिर्ता
    तीव्र दबाबपछि सरकारले इन्धनको भाउ बढाउने आफ्नो निर्णय दुई दिनमै फिर्ता लिएको छ।सत्ताधारी दलहरुसँग सम्बद्ध विद्यार्थी संगठनहरुकै अगुवाइमा भए...
  • माओवादीले सर्वसत्तावाद लादन संविधासभा विघटन गरेको खनालको आरोप
    नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले संविधान सभा भङ्ग गर्ने घटना कुनै आकस्मिक र बाध्यात्मक नभएको बताउँदै यो माओवादी सर्वसत्तावादको शृङ्खला...
  • माओवादीको देशब्यापी आम हडताल,शान्ति प्रकि्रया धरापमा
    एकीकृत नेकपा माओवादीको आमहड्तालको छैठौं दिन आज पनि काठमाडौं उपत्यकालगायत देशभरको जनजीवन कष्टकर बन्यो । आज पनि ठाउँठाउँमा तोडफोड र झडप भएका ...

Translate

prakash giri. Watermark theme. Powered by Blogger.