

पार्टीको निर्णय २९(३० मा काठमाडौं सम्मेलन गर्ने भनिएको छ तर सम्मेलन पोखरामा गर्ने एकलौटी निर्णय गरियो, नेवाः राज्य समितिवाट ४ सय र अन्यवाट २ सय प्रतिनिधि बनाउने भन्नेछ। तर मनलाग्दी १ हजार प्रतिनिधि बनाउने काम भयो,भट्टराई पक्ष मजदुर नेता मुक्ति दाहालले भने,त्यसकारण अध्यक्ष प्रचण्ड निकटहरुले गरेको एकलैटी निर्णय हामीलाई मान्य छैनौं। सो बारे पार्टीलाई जानकारी पनि गराइसकेको दाहालको भनाई छ।
प्रतिनिधि छनौटको विधि र प्रक्रिया नै नबनाई एकपक्षीय भएको, गैर मजदुरलाई नेतृत्व हस्तान्तरण गर्न लागिएको, संगठनभित्रको भ्रष्टाचार र अनियमितता छानबिन नै नगरी सम्मेलन गर्न लागेको र निर्वाचित इकाईलाई मान्यता नदिएको भन्दै सम्मेलन बहिस्कार गर्न लागेको उनीहरुको भनाई छ।
No comments:
Post a Comment