Thursday, May 9, 2013

क्रिकेटको भव्य सम्मान,मूलपानीको मैदान छिट्टै बन्ने


आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन(३ जितेर फर्केको नेपाली टिमका कप्तान पारस खड्काले बुधबारको भव्य सम्मानपछि क्रिकेटले देशलाई राष्ट्रिय एकतामा बाँध्ने बताउँदै सरकारलाई प्रशासनिक पक्षबाट सहयोग गर्न आग्रह गरेका छन् । यहाँसम्मको यात्रामा खेलाडीले धेरै मिहिनेत गरेका छन्, पारसले भने, अब नेपाली क्रिकेटलाई थप उचाइमा पुर्‍याउन सरकार र प्रशासन पक्षको पालो आएको छ । सम्मानपछि पारसले जीवनकै सबैभन्दा खुसीको दिन रहेको बताए ।
बिहान ९ बजे नेपाल ओर्लिएका खेलाडीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ क्यानका पदाधिकारी, करिब दुई सय समर्थक, राष्ट्रिय टिमका दुई प्रायोजक पेप्सी र स्टान्डर्ड चार्टर्ड बैंकका पदाधिकारीले स्वागत गरेका थिए । करिब एक घन्टाको अलमलपछि साढे १० मा एयरपोर्टबाट टोली फूलको मालाले सजाइएको मिनिट्रकमा नगरपरिक्रमका लागि निस्किएको थियो । टिम गौशाला, रातोपुल, मैतीदेवी, डिल्लीबजार, पुतलीसडक, सहिदगेट हुँदै त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेप पुगेर ३ घन्टा लामो परिक्रमा सकिएको थियो । परिक्रमाका दौरान दर्शकले खेलाडीलाई राम्रो साथ दिए ।
३० घन्टाको निन्द्रालाई थाँति राख्दै खेलाडी दर्शकको अपेक्षाअनुसार अटोग्राफ दिनमा व्यस्त रहे । कसैले हात, कसैले पैसाको नोट र कसैले कागजमा अटोग्राफ लिए । युवा तथा खेलकुद मन्त्रालय र राखेपले संयुक्त गरेको सम्मान कार्यक्रम करिब एक घन्टा चलेको थियो । खेलकुद मन्त्री रामकुमार श्रेष्ठले मूलपानीको मैदान छिट्टै बन्ने बताए । तेक्वान्दो खेलाडी दीपक विष्टले राष्ट्रका नायकहरूले ट्रफी जितेर देशलाई गौरवान्वित पारेको बताए । राखेप सदस्य सचिव युवराज लामाले मूलपानीमा ३० हजार क्षमता रहेको रंगशाला बनाउनुपर्ने जानकारी दिए । सिंहदरबारमा तीन बजे मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, मुख्यसचिव लीलामणि पौडेलले सम्मान गरेका थिए । अध्यक्ष रेग्मीले क्रिकेटमा अहिलेसम्मकै ठूलो सफलता मिलेको बताउँदै टिमका हरेक सदस्यलाई ३ लाख ५० हजार रुपैयाँ दिने घोषणा गरे । उनले क्रिकेट व्यावसायिक हुनुपर्ने बताए । उनले भने, राखेप र क्यानले आवश्यक योजना बनाएर सरकारलाई पेस गर्नु पर्छ । त्यसलाई सरकारले सहयोग गर्नेछ ।

नेकपा(माओवादीसहित ३३ दलले मागे राष्ट्रपतिको राजीनामा


 नेकपा(माओवादीसहितका ३३ दलले राष्ट्रपति डा. रामवरण यादवको राजीनामा मागेका छन् । लोकमान सिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाएको विरोधमा राष्ट्रपति कार्यालय घेराउ गरेका ३३ दलले राष्ट्रपति संविधानको भक्षक भएको आरोप लगाएका छन् । ‘यो देशमा राष्ट्रपतिले राष्ट्रियताको रक्षा गर्न सकेनन् । संविधानको रक्षा गर्न सकेनन’ धर्नापछि कोणसभालाई सम्बोधन गर्दै माओवादी उपाध्यष सीपी गजुरेलले भन्नुभयो’यस्तो राष्ट्रपतिको काम छैन । राजीनामा दिनुपर्छ ।’ उहाँले अघिल्लो दिनसम्म सर्वोच्च र कानुनी सल्लाहकारसँग छलफल गर्छु भन्ने राष्ट्रपतिले रातारात कसको फोनको भरमा लोकमानलाई नियुक्त गरे भनि प्रश्न समेत गर्नुभयो ।
लोकमानलाई हटाउन माग गर्दै २९ र ३० गते बन्द आयोजना गरिएको भन्दै उहाँले माग सम्बोधन नभए थप आन्दोलन घोषणा गर्ने चेतावनी दिनुभयो । नेकपा(माओवादीसहितका ३३ दलले शीतल निवास अगाडी धर्ना दिइरहँदा राष्ट्रपति भने बाहिरिनु भएको थियो ।

कार्कीको छलाङ



राजाको प्रत्यक्ष शासनकालमा मुख्य सचिव रहेका कार्कीले करिब छ वर्षदेखि रिक्त अख्तियार प्रमुखको जिम्मेवारी लिए।

राजपरिषद स्थायी समितिका तत्कालीन सभापति भूपालमानसिंह कार्कीका छोरा लोकमान ०४१ साउनमा तत्कालीन राजा वीरेन्द्रको हुकुमप्रमांगीबाट राजसभा उपसचिवमा प्रवेश गरेका थिए। तत्कालीन अर्थ राज्यमन्त्री महेश आचार्यको पालामा उनलाई ०४९ सालमा निजामती प्रशासनको राजस्व समूहको उपसचिवमा लगिएको थियो। लगत्तै उनले बेलायतमा दुई वर्षे छात्रवृत्तिमा पढ्ने अवसर पाए।
तत्कालीन अर्थसचिव ठाकुरनाथ पन्तको पालामा कार्यसम्पादन मूल्यांकनमा टिपेक्स लगाएर सहसचिवमा बढुवा भएको कार्कीविरुद्धको मुद्दामा सर्वोच्च अदालतले समेत कार्यसम्पादन मूल्यांकनमा टिपेक्स लगाउन नपाइने आदेश जारी गरेको थियो। सहसचिव बनेलगत्तै कार्की भन्सार विभागका महानिर्देशक बने। त्यसपछि उनले राजस्व अनुसन्धान विभागलगायत निकायमा काम गरे। ०५१ सालमा कार्की भन्सारका महानिर्देशक भएकै बेला चर्चित सुनकाण्डमा उनको नाम मुछिएको थियो।
सहसचिव बनेको पाँच वर्षमै ०५८ वैशाख ६ मा कार्की सचिव बने। उनी जलस्रोत सचिव हुँदा तत्कालीन जलस्रोतमन्त्री बलदेव मजगैयाँसँग विवाद चुलियो। मन्त्री मजगैयाँले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई कार्की फिर्ता गरी नयाँ सचिव पठाउन आग्रह गरे। नभएपछि आफैँले राजीनामा दिए। कार्कीले जलस्रोतसहित स्वास्थ्य, सूचना तथा सञ्चार मन्त्रालयमा सचिवको रुपमा काम गरे। ज्ञानेन्द्रले शासन हातमा लिएर ०६१ मा १५ जना वरिष्ठ दाबेदारलाई पन्छाउँदै उनलाई मुख्य सचिव बनाएका थिए। जनआन्दोलन–२ दबाउन सत्ता र शक्तिको दुरुपयोग गरेको आरोप उनीमाथि लाग्दै आएको छ।

छ वर्षपछि तीन निकायमा प्रमुख


राष्ट्रपति रामवरण यादवले तीन संवैधानिक निकाय प्रमुख नियुक्त गरेका छन्। संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपति यादवले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पूर्व मुख्यसचिव लोकमानसिंह कार्की, लोकसेवा आयोग अध्यक्षमा कयोदेवी यमी र महालेखापरीक्षकमा भानु आचार्यलाई नियुक्त गरेका हुन्। तीनैजनालाई कामु प्रधान न्यायाधीश दामोदरप्रसाद शर्माले बुधबार बिहानै शीतल निवासमा शपथ गराए। अख्तियारमा लोकमान, लोकसेवामा यमी, महालेखामा आचार्य
तीन वर्षअघि नै अख्तियार आयुक्तमा नियुक्ति पाएका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक केशब बरालले पनि बुधबार नवनियुक्त प्रमुख कार्कीबाट शपथ लिए। अख्तियार प्रमुख नहुँदा उनले शपथ तथा पदभार ग्रहण गर्न पाएका थिएनन्। शपथ ग्रहण समारोहमा मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी, मन्त्रीहरू, सरकारी उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि उपस्थिति थिए। नियुक्तिसँगै छ वर्षपछि सबै संवैधानिक निकायले नेतृत्व पाएका छन्।
चैत ३ गते चार राजनीतिक दल सम्मिलित उच्चस्तरीय राजनीतिक समितिको बैठकले कार्कीलाई अख्तियार, यमीलाई लोकसेवा, आचार्यलाई महालेखा र नीलकण्ठ उप्रेतीलाई निर्वाचन आयोग प्रमुखमा नियुक्तिका लागि सिफारिस गरेको थियो। कार्कीको सिफारिसबारे अदालतमा रिट परेपछि त्यतिबेला निर्वाचन आयोग प्रमुख मात्र नियुक्त गरिएको थियो।
संवैधानिक परिषद बैठकले आइतबार अन्य तीनको नाम नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। तीनैजनाले बुधबारै पदभार सम्हालेका छन्।

Tuesday, November 27, 2012

माओवादीले सहमतीय सरकारको नेतृत्वमा कांग्रेस(एमालेलाई स्वीकार नगर्ने


एकीकृत नेकपा माओवादीले सहमतीय सरकारको नेतृत्वमा कांग्रेस(एमालेलाई स्वीकार नगर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा मंगलबार बसेको पदाधिकारी र ब्यूरो इन्चार्जहरुको बैठकले सहमतीय सरकारको नेतृत्व कांग्रेस(एमालेलाई दिन नसक्ने ठहर गरेको हो । सुदूरपश्चिम ब्यूरो प्रमुख शक्ति बस्नेतले  भन्नुभयो(’कांग्रेस(एमालेले हाम्रो नेतृत्व स्वीकार नगर्ने भनेपछि हामीले उहाँहरुको नेतृत्व मान्ने कुरै आउँदैन ।’
जोड बाबुराममै
एमाओबादीले पार्टी उपाध्यक्ष समेत रहेका वर्तमान प्रधानमन्त्री बाबुराम भट्टराईकै नेतृत्वमा सहमतीय सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ । ‘बाबुरामजी कै नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्ने हाम्रो औपचारिक प्रस्ताव छ’ बस्नेतले भन्नुभयो(’त्यसका लागि दलहरुसँग छलफल गर्ने निर्णय भएको छ ।’

प्रधानमन्त्रीलाई प्राधिकरणको झापड


प्रकाश गिरी
प्रधानमन्त्री डा.बाबुराम भट्टराईको निर्देशनलाई लोप्पा खुवाउदै नेपाल विद्युत प्राधिकरण विद्युत आपुर्तिमा भारीमा मात्रामा कटौती गर्न थालेको छ । मध्य बर्षामा पनि पुर्ण रुपमा विद्युत नदिएर ग्राहकलाई हैरान पारेको प्राधिकरणले हप्ताको ४६घण्टाबाट बढाएर अब हप्तामा ५६घण्टा विद्युत कटौती गर्ने नया तालिका सार्वजनिक गरेको छ । बुधवारबाट लागु हुने नया तालिका अनुुसार अब दिनमा सात देखि आठ घण्टा सम्म विद्युत कटौती हुनेछ । सुख्खा याम भर्खर सुरु भएको छ तर विद्युत कटौतीको अवस्था भने कहालि लाग्दो वन्न थालि सकेको छ । प्रँधिकरणको सुचनालाई विश्वास गर्ने हो भने यस बर्ष हिउदमा करिव १९घण्टा सम्म विद्युत कटौती गरिने छ । मध्य बर्षामा पनि तिन घण्टा विद्युत कटौती गरेपनि जनतालाई सुशासन दिन्छु भनेर चर्का नारा दिएर सरकारमा पुगेको वावुराम सरकार निकै आलोचित भएको थियो । यसपछि प्रधानमन्त्रीले विद्युत उत्पादन,आपुर्ति र वितरणको जिम्मेवारी पाएको नेपाल विद्युत प्राधिकरणका पदाधिकारीलाई बोलाएर हिउदमा दस घण्टा भन्दा बढी विद्युत कटौती गर्न नपाइने उर्दी सुनाएका थिए । यसको केहि दिन सम्म प्राधिकरणका कर्मचारीहरु विद्युत आपुर्ति सुब्यवस्थित गर्न भन्दै निकै दौडधुपमा लागेका थिए तर जब हिउद सुरु हुन थाल्यो तब भारी मात्रामा विद्युत कटौती गरेर प्राधिकरणले आफनो अप्राधिकरण अनुहार देखाइसकेको छ । प्रधानमन्त्रीको वोली र प्रँधिकरणको ब्यवहार देख्दा अब जनता पनि आजित भइसकेका छन ।

Monday, November 26, 2012

नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४

नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ पुगेको छ । गत दश वर्षको तुलनामा यस पटक १ दशमल ३५ प्रतिशतले बढेको हो । यसअघि २०५८ सालको जनसंख्या अनुसार नेपालको जनसंख्या २ करोड ३१ लाख ५१ हजार ४ सय २३ थियो ।
सोमवार राष्ट्रिय योजना आयोजको हलमा प्रधानमन्त्री डा वावुराम भट्टराईले राष्ट्रिय तथ्यांक विभागले तयार पारेको राष्ट्रिय जनगणना २०६८ सार्वजनिक गर्नु भएको हो । २०६८ को तथ्यांक अनुसार पुरुषको तुलनामा महिलाको जनसंख्या वढि छ । महिलाको जनसंख्या ५१ दशमलब ५ र पुरुषको जनसंख्या ४८ दशमलब ५ रहेको छ । यस्तै तथ्यांकका अनुसार ६० प्रतिशतले १९ वर्ष नपुग्दै विवाह गर्ने गरेका छन् ।
राष्ट्रिय जनगणना(०६८ अनुसार नेपालमा १ सय २५ जातजातिहरू देखिएका छन् । यीमध्ये बाहुनको संख्या घटेको छ भने क्षेत्रीहरु बढेका छन् ।
विगत ०५८ को जनगणनामा कुल जनसङ्ख्याको १५ दशमलव ८ प्रतिशत रहेका क्षेत्रीको जनसङ्ख्या यस जनगणनामा १६ दशमलव ६ प्रतिशत पुगेको छ । तर, पहाडी ब्राम्हणको जनसङ्ख्या भने ०५८ सालमा १२ दशमलव ७ प्रतिशत रहेकोमा हाल १२ दशमलव २ प्रतिशतमा झरेको छ ।
पहाड र हिमालमा जनसंख्या घट्यो, तराईमा बढ्यो
राष्ट्रिय जनगणना ०६८ अनुसार तराईमा कूल जनसङ्ख्याको ५० दशमलव २७ प्रतिशत (१ करोड ३३ लाख १८ हजार ७ सय ५ जना० मानिसहरु रहेका छन् । त्यस्तै पहाडको जनसंख्या ४३ दशमलव ०१ प्रतिशत ९१ करोड १३ लाख ९४ हजार ७ ० रहेको छ भने हिमाली क्षेत्रमा ६ दशमलव ७३ प्रतिशत (१७ लाख ८१ हजार ७ सय ९२० जनसङ्ख्या रहेको छ । दश वर्षअघि तराई, पहाड र हिमालमा क्रमशः ४८ दशमलव ४० प्रतिशत ९१ करोड १२ लाख १२ हजार ४ सय ५२ ०, ४४ दशमलव ३० प्रतिशत ९१ करोड २ लाख ५१ हजार १ सय ११ ० र ७ दशमलव ३० प्रतिशत ९१६ लाख ८७ हजार ८ सय ५९० जनसंख्या थियो ।
दश वर्षमा पहाडमा ११ लाखभन्दा बढी मानिस घटेका छन् भने हिमालमा १ लाख घटेका छन् । यसले पहाड र हिमाल बाट विस्थापित हुने र बसाइँ सर्नेहरु बढेको संकेत गर्छ ।

१४ पछि २१ गते आउँछ-प्रचण्ड


माओवादी अध्यक्ष प्रचण्डले सहमतीय सरकारको प्रधानमन्त्रीका लागि सम्भावित चार जनाको नाम अघि सार्नुभएको छ । प्रचण्डका नजरमा अबका सम्भावित प्रधानमन्त्री डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, विजयकुमार गच्छदार र महन्थ ठाकुर हुन् । कांग्रेसका हकमा भने प्रचण्डले शर्तसमेत अघि सार्नुभएको छ ।
आफ्नै निवास लाजिम्पाटमा सोमबार साँझ सीमित सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले प्रधानमन्त्रीको पहिलो बिकल्पमा बाबुराम भट्टराईकै नाम अघि सार्नुभयो । ‘पहिलो बिकल्प बाबुरामजीकै नेतृत्वमा राष्ट्रिय सहमतिका सरकार बनाउने हो, त्यसो हुन नसके माओवादीभित्रैबाट बन्ने अवस्थामा प्रकाश (नारायणकाजी) जीको नेतृत्वमा जान सकिन्छ ।’
प्रचण्डले भन्नुभयो-’गठवन्धनभित्रबाट जानु पर्ने भएमा मोर्चाका संयोजकसमेत रहनुभएकाले बिजयकुमार गच्छदारजीको नाम आउन सक्छ । उहाँको विकल्पमा महन्थ ठाकुरजी पनि हुन सक्नुहुन्छ ।’
कांग्रेसलाई पूर्वशर्त
पाँचबुँदे सहमतिअनुसार नेपाली काँग्रेसलाई नेतृत्व दिने भनिएको भए पनि त्यसका लागि काँग्रेसले संबिधानका अन्तरवस्तुको प्रष्ट खाका ल्याउनुपर्ने प्रचण्डले शर्त राख्नुभएको छ । ‘उहाँहरुलाई नेतृत्व दिने पहिल्यै भनिएको हो, कांग्रेसको नेतृत्वबारे हामी नकरात्मक छैनौं तर संबिधान पनि बन्दैन, सरकार पनि देउ भन्नुचाँहि माओवादीमाथि अन्याय हुन्न ।’-प्रचण्डको भनाइ थियो ।

गोली खान तयार छु, तर बालुवाटार छाड्दिनँ-प्रधानमन्त्री


प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रपति रामवरण यादव र आफ्नै पार्टी एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले योजनाबद्ध तरिकाले आफूलाई बर्खास्त गर्न खोजेको आरोप लगाएका छन्।
सरकारी निवास बालुवाटारमा शनिबार आफूनिकट नेताहरुसँग प्रधानमन्त्री भट्टराईले राष्ट्रपति यादव र अध्यक्ष दाहालको मिलिभगतमा आफूलाई बर्खास्त गर्ने योजना बनेको र त्यसलाई जसरी पनि विफल पार्नुपर्ने बताएका थिए।
‘राष्ट्रपति र अध्यक्ष प्रचण्ड ९दाहाल० बीच दमननाथ ढुंगानालाई प्रधानमन्त्री र कृष्णबहादुर महरालाई गृहमन्त्री बनाउने सहमति भइसकेको मैले सुनिरहेको छु,’ प्रधानमन्त्रीले शुभेच्छुकसँग गुनासो गरे, ‘तर दुवैको योजनालाई नै यसरी म विफल पारिदिनेछु कि उनीहरुले सोच्न पनि सक्दैनन्।’
प्रधानमन्त्री भट्टराईले त्यही योजना विफल पार्न आइतबार आकस्मिक मन्त्रिपरिषद् डाकेर सात दिनभित्र सहमति जुटाउन राष्ट्रपतिले गरेको आह्वानलाई असंवैधानिक भएको निर्णय गराएका थिए।
‘राजनीतिक सहमति जुटे आफू बाधक बन्दिनँ भनेर प्रधानमन्त्री स्वयंले राष्ट्रपतिलाई भन्नुभएको थियो, सहमतिका लागि १५ दिन अझै प्रयास गर्छु पनि भन्नुभएको थियो,’ प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले भने, ‘तर त्यसको भोलिपल्टै कूको शैलीमा सात दिनको म्याद राखी आह्वान भएपछि स्वाभाविक रुपमा जो पनि रुष्ट हुन्छ।’

प्रधानमन्त्री स्वयं सरकार छाड्ने ‘मुड’ मा रहेको र त्यस्तो जानकारी गराएको भोलिपल्ट अचानक सहमतीय सरकारका लागि आह्वान गरेर राष्ट्रपतिले संविधान उल्लंघन गरेकाले सरकारले त्यसलाई असंवैधानिक भनी औपचारिक निर्णय गरेको पौडेलले जानकारी दिए। यद्यपि, राजनीतिक दलबीच सहमति जुटे सहज रुपमा सरकारबाट बाहिरिने योजनामा प्रधानमन्त्री भट्टराई अझै पनि रहेको पौडेलले दाबी गरे।
सहमतिबिना आफैलाई हटाउन प्रयास भइरहेको भन्दै प्रधानमन्त्री भट्टराईले त्यसको खरो प्रतिकार गर्न निकटस्थलाई निर्देशन दिएका थिए। ‘म गोली खान तयार छु, तर सहमतिबिना बालुवाटार छाड्दिनँ,’ प्रधानमन्त्रीको आक्रोश थियो, ‘अनि हेर्छु, राष्ट्रपति र अध्यक्षले कसरी मेरो सहमतिबिना निर्णय गरेर जाँदा रहेछन्रु मलाई बालुवाटारबाट कसरी हटाउँदा रहेछन्रु’
सरकारबाट आफूलाई हटाउन सक्ने संवैधानिक र कानुनी आधार कसैसँग नभएको भट्टराईको दाबी थियो।
अध्यक्ष निवास लाजिम्पाटमा बिहान भएको निर्णयअनुसार नै प्रेस विज्ञप्ति सार्वजनिक नगरेकोमा अपराह्न प्रधानमन्त्रीले निकटका नेताहरुसँग अध्यक्ष दाहालप्रति आक्रोश पोखेका थिए। ‘बिहान विघटित स्थायी समितिको बैठक प्रेस विज्ञप्ति निकाल्ने निर्णय भएको थियो, तर राष्ट्रपतिसँग भेटेर आएपछि अध्यक्षले उल्टो पो बोल्नुभयो,’ प्रधानमन्त्रीको आक्रोश थियो, ‘मलाई यहाँ राष्ट्रपतिले यस्तो अप्ठेरो पार्नुभएको छ, अध्यक्ष भने ठिक गर्नुभएको छ भनेर मिडियासँग बोल्नुहुन्छ, यो पनि कुनै तरिका हो ?’ निर्णयअनुसार पार्टीले प्रेस विज्ञप्ति सार्वजनिक नगरेको र अध्यक्ष दाहालले राष्ट्रपति आह्वान सकारात्मक भन्दै पक्षमा अभिव्यक्ति दिएपछि प्रधानमन्त्री भट्टराई शनिबार दिनभर निकै आक्रोशित देखिएका थिए।

म प्रधानमन्त्री बन्न लालायित छैन -देउवा


नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले प्रधानमन्त्रीको उम्मेदवारवारे काँग्रेसमा कुनै विवाद नरहेको वताउनुभएको छ । उहाँले काँग्रेस नेतृत्वमा सरकार वन्ने अवस्थामा नेपाली काँग्रेसले सहमतिमै उम्मेदवार चयन गर्ने दावी गर्नुभयो । डडेल्धुरा आइतवार विहान आयोजित पत्रकार सम्मेलनमा देउवाले आफू प्रधानमन्त्री बन्न लालायित नभएको स्पष्ट समेत पार्नु भयो ।
देउवाले भन्नुभयो,’म प्रधानमन्त्री बन्न लालायित छैन । काँग्रेस भित्र सरकारको नेतृत्वका विषयमा विवाद हुँदैन । सर्वसहमतिले नै हामी उम्मेदवार चुन्छौँ । ‘ देउवाले एमाओवादी र नेकपा एमालेले संविधानसभा निर्वाचन पछि दूई(दुई पटक सरकारको नेतृत्व गरिसकेको र उनीहरुको नेतृत्वमा बनेका सवै सरकार असफल सावित भएकाले अव सरकारको नेतृत्व काँग्रेसले पाउनु पर्ने वताउनुभयो । देउवाले ७ दिनको समयसीमा दिएर दलहरुलाई सहमतिको प्रधानमन्त्रीको उम्मेदवार दिन राष्ट्रपतिले गरेको आहृवान सकारात्मक रहेको वताउनुभयो ।

राष्ट्रपतिको आव्हान सकारात्मक-१५ दल


नेपाली काँग्रेस(एमाले लगायतका विपक्षी १५ दलले सरकारविरुद्ध घोषणा गरेका आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । एमाले मूख्यालय बल्खुमा अइतवार बसेको विपक्षी १५ दलको वैठकले राष्ट्रपतिले मंसिर १४ भित्र सहमतीय प्रधानमन्त्री सिफारिस गर्न समयसीमा दिएकाले तत्काल वार्तामा केन्द्रीत हुनु पर्ने भएकाले मंसिर १५ र १६ गतेका लागि आहृवान गरेका आन्दोलनका कार्यक्रम फिर्ता लिने निर्णय गरेको हो ।
यस्तै वैठकले राजनीतिक र संवैधानिक संटक समाधानका लागि सहमतीय प्रधानमन्त्री मागेकाले राष्ट्रपतिको आव्हान सकारात्मक, संविधानसम्मत र स्वागतयोग्य रहेको निष्कर्ष निकालेको छ । विपक्षी १५ दलको वैठकले राष्ट्रपतिको आहृवानलाई गलत ढङ्गले व्याख्या र विरोध गर्दै सरकारको आयु लम्ब्याउन खोज्नु अनुचित र अलोकतान्त्रिक कार्य भएकाले सकारात्मक रुपमा लिन सत्तारुढ दलहरुलाई आग्रह गरेको छ ।

प्रधानमन्त्रीको उमेद्वार सात दिनभित्र सिफारिस गर्न दलहरुलाई आह्वान


राष्ट्रपति डा. रामवरणले अन्तरिम संविधानको धारा ३८ ९१० अनुसार सहमतिका आधारमा नयाँ प्रधानमन्त्रीको उमेद्वार सात दिनभित्र सिफारिस गर्न दलहरुलाई आह्वान गर्नुभएको छ ।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा ‘मंसिर १४ गते विहीबार बेलुका ४ बजे सम्ममा राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठनका लागि उपयुक्त प्रस्ताव सिफारिस गर्न राजनीतिक दलहरुलाई आह्वान गर्नुभएको’ उल्लेख छ । विज्ञप्तिमा राष्ट्रपति कार्यालयका प्रवक्ता हरिकुमार श्रेष्ठको हस्ताक्षर छ ।
राष्ट्रपतिले अन्तरिम संविधानको ३६ क. अनुसारको कर्तव्य बोध गरी धारा ३८(१० अनुसार यस्तो आह्वान गर्नुभएको हो । जारी विज्ञप्तिमा ०६९ जेठ १४ गते संविधानसभा विघटन भएपछि बर्तमान मन्त्रिपरिषद् कामचलाऊ भएको ०६९ जेठ १६ मा जनाऊ दिइसकेकोसमेत स्मरण गराइएको छ ।


Tuesday, September 18, 2012

पहिलो चरणको लडाकु समायोजन कार्य सम्पन्न,एक हजार ५४४ लडाकु समायोजनको परीक्षामा


माओवादीको लडाकुको नेपाली सेनामा समायोजन कार्यको पहिलो चरणको सम्पन्न भएको छ । गत भदौ २१ गतेदेखि प्रारम्भ भएको माओवादी सेना समायोजनको पहिलो चरणको कार्य मंगलबार सम्पन्न भएको हो । उक्त अवधिमा सेना समायोजन विशेष समितिको सचिवालयबाट परिचालित भएका सरकारी अधिकारीहरूले एक हजार ५४४ लडाकुको परीक्षा लिनका साथै सरकारले ‘प्याकेज’मा उपलब्ध गराएको रकमको ‘चेक’ र बाटो खर्च बापतको रकम बुझेका छन् ।


इलाम, सिन्धुली, चितवन, नवलपरासी, रोल्पा र सुर्खेतका सात मुख्य तथा मुलुकका अन्य भागमा अवस्थित आठवटा सहायक शिविरमा पुगेर समायोजन रोजेका तीन हजार १२३ जना माओवादी लडाकु मध्ये एक हजार ५११ जना स्वेच्छिक अवकासमा जाने भएका छन् ।
विशेष समिति सचिवालयका निमित्त सचिव मधुविलास पण्डितका अनुसार अधिकृत तहको परीक्षामा सामेल भएका ८५ जना र अन्य दर्जाका निम्ति जाँच दिएका एक हजार ४४९ लडाकुको परीक्षाफल क्रमशः यही असोज ७ र २१ गते सार्वजनिक गरिने छ ।
लोक सेवा आयोग, सचिवालयका कर्मचारीको संलग्नतामा नेपाली सेनाले सञ्चालन गरेको परीक्षामा अनुत्तीर्ण हुने लडाकुहरू स्वतः अवकाशमा जाने उनले बताए ।

भूमिसुधारमन्त्री चन्द्रदेव जोशीले राजिनामा दिए,सरकारलाई धक्का


भूमिसुधारमन्त्री चन्द्रदेव जोशीले माओवादी-मधेसवादी गठबन्धन सरकार राष्ट्रिय सहमतिका लागि बाधक बनेको उल्लेख गर्दै मंगलबार पदबाट राजिनामा दिएका छन् । उनले अपराह्न प्रधानमन्त्री बाबुराम भट्टराईलाई भेटी राजिनामा बुझाएका थिए ।
जोशीले राजिनामा पत्रमा माओवादी-मधेसवादी गठबन्धन र प्रधानमन्त्री भट्टराईले संवैधानिक तथा राजनीतिक संकट समाधानका लागि ठोस पहल नगरेको र बरु सत्ता लम्याइरहने प्रयास गरिरहेकाले वर्तमान सरकारमा बसिरहन नैतिक आधारमा समेत नमिल्ने उल्लेख गरेका छन् । जोशीले प्रधानमन्त्री भट्टराई, माओवादी र मधेसीवादी दल संकटको निकास खोज्नभन्दा सत्ता लम्ब्याउनमात्र लागेकाले आफ्नो त्यसमा गम्भीर असहमति रहेकाले राष्ट्रिय सहमति खोज्ने वातावरण बनाउनका लागि दबाब सिर्जना गर्न आफूले राजिनामा दिएको बताए ।
पार्टीका तर्फबाट म सत्तामा जाँदा सहमतिको सरकार थियो, कांग्रेस र एमालेसमेत सरकारमा थिए । हामी संवैधानिक तथा राजनीतिक संकटको निकास खोज्न सत्तामा गएको हौ जोशीले राजिनामा पछि भने-तर, संविधानसभाको विघटनसँगै कांग्रेस र एमाले सत्ताबाट बाहिरिएपछि सहमतिको सरकार रहेन । माओवादी र मधेसी गठबन्धनको मात्र सरकार हुन पुग्यो । संकटको निकास खोज्नका लागि राष्ट्रिय सहमति कायम गर्न प्रधानमन्त्री भट्टराईलाई पटकपटक आग्रह गरें । कुनै सुनुवाइ भएन । प्रधानमन्त्री र माओवादी तथा मधेसी सत्ता लम्ब्याउनमात्र लागेकाले मेरो त्यसमा गम्भीर असहमति रहेकाले पार्टी निर्णयअनुसार मैले राष्ट्रिय सहमति खोज्ने वातावरण बनाउनका लागि दबाब सिर्जना गर्न राजिनामा दिएको हुँ ।

केट दम्पतिलाई अर्धनग्न महिलाको स्वागत


केट यतिवेला के गरौं  के गरौं भन्ने तनावमा छिन । घुमफिरको लागि आफना पति संग फ्रान्स गएको वेलाको गोप्य तस्विर सार्वजनिक भएपछि उनी तनावमा परेकि हुन । उनलाई आजकाल यो प्रश्नले जताततै घेर्न थालेको छ । तर उनी यसका वावजुद आफनो भ्रमणलाई भने रोकिरहेकी छैनन ।





Sunday, September 16, 2012

सहमतिको सरकार गठन गर्नुस र चुनाव गराउनुस् -राष्ट्रपति


राष्ट्रपति डा. रामवरण यादवले सहमतीय सरकार गठन गरेर संविधानसभाको चुनावमा जान प्रमुख दलहरुलाई आग्रह गर्नु भएको छ ।
यसअघि ‘तत्काल सहमति गर्न’ आग्रह गरेपनि के बिषयमा सहमति गर्ने भन्ने बिषयमा मौन बसेका राष्ट्रपतिले एक कदम अघि बढ्दै सहमतीय सरकार गठन गरी चुनावमा जान सुझाउनु भएको हो । ‘अब राष्ट्रपति एक कदम अघि बढ्नु भएको छ’ प्रेस सल्लाहकार राजेन्द्र दाहालले भन्नुभयो-सहमतिको सरकार गठन गर्नुस र चुनाव गराउनुस् भनेर उहाँले दलहरुलाई प्रष्टसँग भन्नु भएको छ ।’
पटक(पटक आग्रह गर्दा पनि दलहरुले निकास नुझाएपछि राष्ट्रपति आफैँ अग्रसर भएर संविधानसभाको चुनाव गर्नु सुझाएको उहाँको भनाई छ । ‘सरकारले संविधानसभाको चुनाव गर्ने निर्णय गरिसकेको छ । चुनाव गर्न आम सहमति चाहिन्छ’ दाहालले भन्नुभयो(’सहमतीय सरकार गठन गरेर संविधानसभाको चुनाव गर्नुपर्छ र संविधानसभाबाटै संविधान दिनुपर्छ भन्ने राष्ट्रपतिको आग्रह हो ।’

Friday, September 14, 2012

युवराज्ञीको टपलेस तस्विर, तस्वीर हेर्ने भने-सामान्य रहेछ छाती


बेलायती युवराज्ञी केट मिटलटनको विना कपडा रोमान्स गर्दै गरेको तस्वीर फ्रान्सेली पत्रिकाले सार्वजनिक गरेको छ । राजपरिवारको यो दुर्दशाले विश्वभर सनसनी मच्चिएको छ भने शाहि परिवारमा खलवलि भएको छ । फ्रान्समा विदा मनाउन जादा युवराज्ञी आफना पति युवराज विलियमसंग पुलमा नग्न अवस्थामा रोमान्स गर्दै गरेको टपलेस तस्विर सार्वजनिक भएको हा । यो तस्विर निकै टाढाबाट लामो दुरीको लेन्सको सहायतामा खिचिएको अनुमान गरिएको छ । किनभने तस्विर केहि धमिलो छ ।
तस्वीर सार्वजनिक भएपछि शाहि परिवार निकै दुखी भएको छ । शाहि परिवारले फ्रान्सको यो अखवारलाई अब के गर्ने भनेर वकिलहरुसंग परामर्श गरिरहेको वुझिएको छ । फ्रान्समा पनि गोपनीयतालाई निकै महत्व दिइन्छ । तर शाहि परिवारको मर्यादालाई ख्याल नगरिएको भन्दै अहिले आलोचना पनि हुन थालेको छ । तर केहि समय पहिला युवराज विलियमको नग्न तस्वीर सार्वजनिक गरेको वेलायती पत्रिका द सनले भने युवराज्ञीको यो तस्वीर नछाप्ने भएको छ ।

Thursday, September 13, 2012

महिना दिनको विवाद पछि प्रहरी प्रमुखमा कुवेरसिंह राना नियुक्त


नेपाल प्रहरीको प्रमुखमा कुवेरसिंह राना नियुक्त हुनु भएको छ । सिहदरवारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले वरिष्ठताका आधारमा प्रहरी अतिरिक्त महानिरीक्षक रानालाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।
प्रहरीको २३ औं महानिरिक्षक बन्नुभएका रानाको कार्यकाल १३ महिनाको हुनेछ । प्रहरी महानिरीक्षकको दौडमा अतिरिक्त महानिरीक्षकद्वय भिष्म प्रसाई र नवराज ढकाल पनि हुनुहुन्थ्यो । प्रधानमन्त्री डा.बाबुराम भट्टराईले बरिष्ठताका आधारमा रानालाई नै प्रहरी प्रमुख बनाउने अडान लिनुभएको थियो भने गृहमन्त्री विजयकुमार गच्छदारले प्रसाई वा ढकालमध्ये एकलाई बनाउनुपर्ने अडान लिनुभएको थियो । दुवैको अडानका कारण नयाँ आईजीपीको टुंगा लाग्न नसक्दा एक महिनाअघि नै बिदा बस्नुपर्ने महानिरिक्षक रवीन्द्रप्रताप शाह अन्तिम दिनसम्मै कार्यलय आउनुपरेको थियो ।

Wednesday, September 12, 2012

गणतन्त्रवादी नेता सिंहको अन्त्येष्टि, १३ तोपको सलामी


७७ वर्षको उमेरमा आज बिहान निधन भएका गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको अन्त्येष्टिका क्रममा १३ तोपको सलामी दिइएको छ। पशुपति आर्यघाटमा अन्तिम संस्कार हुँदै गर्दा टुँडिखेलमा १३ पटक तोप पड्काएर सलामी दिइएको थियो।    
आज बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले १३ तोपको सलामीका साथै उनलाई गणतान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्व भएको भन्दै राष्ट्र गौरवबाट विभूषित गर्ने निर्णय गरेको हो।
विगत १० दिनदेखि अस्वस्थ सिंहको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको हो। मल्टिपल अर्गान फेलिएर भएर उनको मृत्यु भएको अस्पतालका चिकित्सक डा. केपी सिंहले बताए।
स्वास्थ्यमा समस्या देखिएपछि ७७ वर्षे सिंहलाई १० दिनअघि महारागन्जस्थित त्रिवि शिक्षिण अस्पताल भर्ना गरिएको थियो। मुटु, मिर्गौला, फोक्सोसहित महत्वपूर्ण अंगमा समस्या देखिएको थियो।

लिबियाका लागि अमेरिकी राजदूत क्रिस्टोफरको मृत्यु,कुटनीतिक नियोगमा सुरक्षा बढाउन राष्ट्रपति ओबामाको निर्देशन


छापामारहरुको रकेट आक्रमणमा लिबियाका लागि अमेरिकी राजदूत क्रिस्टोफर स्टेभन्स र अरु तीन अमेरिकी नागरिकको मृत्यु भएको छ। ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा राष्ट्रपति बाराक ओबामाले विश्वभरका अमेरिकी कुटनीतिक नियोगमा सुरक्षा बढाउन निर्देशन दिएको उल्लेख छ।  
लिबियाको पूर्वी सहर मेन्जाघीस्थित अमेरिकी कन्सुलेटको कार्यालयमा आक्रमण भएपछि  भाग्दै गरेका राजदूत स्टेभन्स चढेको गाडीमा विस्फोटक पदार्थ राखिएको रकेट बज्रिएपछि उनीहरुको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
सीएनएनका अनुसार अमेरिकी रक्षा मन्त्रालयले त्यहाँको सुरक्षाका लागि दुई मरिन प्रति आतंकवाद सुरक्षा समूहलाई पठाएको छ।