
Saturday, April 23, 2011
प्रधानमन्त्री खनालको विश्वास

परेवा उडाएर संविधान वनाउने कामना

Saturday, April 16, 2011
करिश्माको कटटुको अनौठो कथा

छिमेकका युवतीले कहिले पेन्टी देखाएर त कहिले पेन्टी नै नलगाए गुप्ताङ देखाएर दुनियालाई लुब्ध पारिरहेको खवर पढन पाउदा हामी नेपाली पनि कम रोमाञ्चित भएका थिएनौं । अनि यो खबर भन्दा यस संगै छापिएको फोटोको मोह त झन कति हो कति रु यो खवर पढदा हाम्रोमा त कम्तिमा यति धेरै मुख फुकेका मैयाहरु छैनन भनेर कहिले गर्व कहिले विरक्त मान्ने युवाहरुको जमात कम्ति थिएन नेपालमा । तर यसो भन्ने दिन पनि गए अब नेपालमा ।
गार्मेन्टमा काम गर्दा गर्दै नेपाली चलचित्र क्षेत्रमा आएकि करिश्मा मानन्धर अहिले अभिनयको कारणले भन्दा पनि पेन्टी देखाएकै भरमा चर्चामा छिन । उमेरले ४० नाघेपनि अझै पनि युवाहरुलाई फकाउन उनले एक पटक रातो पेन्टी त अर्को पटक कालो पेन्टी देखाए र तिनलाई लुब्ध पार्ने कोशिश गरेकी छिन । यतिले मात्र नपुगेर उनले आफनो पुष्ट छातीमा रातो गुरासको पेन्टिङ पनि गरेकी छिन । अब केटाहरुलाई चैन मिलेको छ –किनभने तल हेरे पनि भयो अनि ढुक्कसंग करिश्मको गुरास हेरे पनि भयो । बरु यसरी हेर्ने युवाहरुलाई रातो राम्रो होला कि कालो कुन्नि ?
भुटानले वार्ता समिति सकि्रय वनाउने
भुटानी प्रधानमन्त्री जिग्मे वाइ थिन्लेले द्धिपक्षिय वार्ता गरेर भुटान छाडेर नेपाल आएका आफ्ना वास्तविक नागरिकलाई फिर्ता लान सकिने बताउनुभएको छ । तीन दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किने क्रममा भुटानी प्रधानमन्त्री थिन्लेले छिट्टै द्धिपक्षीय वार्ता थाल्ने सहमति भएको र कति शरणार्थी फिर्ता लाने भन्ने बारे चांडै निर्णय गर्न सकिने पनि बताउनुभयो । २०६० कार्तिक ३ गतेदेखि अवरुद्ध भएकॊ नेपाल भुटान-संयुक्त दिपक्षीय वार्ता समितिलाई सकि्रय बनाउने सहमति भएको पनि थिन्लेले जानकारी दिनुभयो । दक्षिण एसीयाली क्षेत्रीय सहयोग संगठन सार्कको अध्यक्षको हैसियतमा नेपाल भ्रमणमा आउनु भएका भुटानी प्रधानमन्त्रीले व्यापार वाणिज्य पर्यटन जलबायु परिवर्तनका विषयमा नेपाली समकक्षीसँग छलफल भएको जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा साचारकर्मीले शरणार्थीको संख्या बारे प्रश्नगर्दा थिन्ले ८० हजार शरणार्थी छन् भन्ने बारे आफ्नो सरकारलाईलाई थाहै नभएको भन्दै पन्छिनु भएको थियो । शरणार्थीका विषयमा नेपालले चासो देखाउँदै आएपनि भुटानी पक्ष यस विषयमा उदासीन बनेपछि नेपालमा रहेका करिव ४४ हजार भुटानी शहरणार्थी विश्विका विभिन्न मुलुकमा स्थानान्तरण भइसकेका छन् । सन् १९९० देखि कूल जनसंख्याको २० प्रतिशत नेपाल भाषीलाई भुटान सरकारले बलपूर्वक देश निकाला गरेको थियो ।
Wednesday, April 13, 2011
कहाँ छ शान्ति ?
काठमाडौको बसुन्धरामा आज विहान पाकिस्तानी दुतावासका एक कर्मचारी माथि गोली प्रहार भएको छ । घटनास्थलबाट प्रहरीले बा।१६ प को ९०४५ नंवरको कालो स्प्लेन्डर नियन्त्रणमा लिएको छ । बसुन्धरा पोलीक्लिनीक अगाडी पैदल िहंडेर आएका दुई जनाले गोली चलाएको अनुमान प्रहरीले गरेको छ । पाकिस्तानी दुतावास जांदै गरेका मेहवुव आसिफलाई तीन गोली लागेको र उनको ओम अस्पतालमा उपचार हुन नसकेपछि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । घाइते मेहवुव दुतावासको राहदानी शाखामा युडिसी जिम्मेवारी सम्हाल्दै आएका अधिकारी हुन् । प्रहरीले घटनास्थलमा चार राउण्ड गोली चलेको जानकारी दिएको छ । मेहवुवको पेटु पाखुरामा एक-एक गोली लागेको छ भने हेलमेट लगाएकाले टाउकोमा हानेको गोली चिप्लीएको थियो । गोली चलाए लगत्तै दुई युवाले मेहवुव चढेकै मोटरसाइकल लिएर भाग्ने प्रयास गरेका थिए । प्रहरीले अहिलेसम्म घटनामा संलग्न कसैलाई पक्रेको छैन । पछिल्लो एक सातामा काठमाडौमा गोली चलेको यो दोस्रो घटना हो । यसअघी काठमाडौकै खिचापोखरीमा गत साता एक भारतीय व्यापारीको हत्या भएको थियो । लगत्तै दुई दिन अघी मात्र मन्त्रीमा नियुक्त भएका गोकर्ण विष्ट माथि खुकुरी प्रहार भएको थियो । प्रहरीले अहिलेसम्म कुनै पनि घटनामा संलग्नलाई पक्रेको छैन ।
Subscribe to:
Posts (Atom)