अमेरिकी राष्ट्रपति बाराक ओबामाले लिबियामा भइरहेको शान्तिपूर्ण प्रदर्शनमाथि भएको िहंसात्मक दमनको निन्दा गरेका छन् । लिबियामा भइरहेको सरकार विरोधी प्रदर्शन बारे पहिलो सार्वजनिक प्रतिकि्रया दिने क्रममा राष्ट्रपति ओबामाले अमेरिका र उसका सहयोगी राष्ट्रहरु बिच कस्तो कदम चाल्ने भन्ने बारे छलफल भइरहेको बताएका छन् । सरकारले शान्तिपूर्ण प्रदर्शन माथि क्रु¢ दमन गरेको भन्दै यसको भागिदार पनि लिवियाको सरकार आफैं बन्ने पनि बताए । प्रदशर्नकारीहरुबाट राजधानी टि्रपोली सहित उत्तरी लिबियाका अन्य शहरहरु नियन्त्रणमा लिन राष्ट्रपति गद्दाफीको सरकार संघर्षरत रहको बेला अमेरिकी राष्ट्रपतिको यस्तो प्रतिकि्रया आएको हो । लिबियामा गत हप्ता देखि चलिरहेको प्रदर्शनीका क्रममा सयौंले ज्यान गुमाइसकेका छन् ।Saturday, July 3, 2010
लिबियामा भइरहेको प्रदर्शनमा अमेरिकी समर्थन
अमेरिकी राष्ट्रपति बाराक ओबामाले लिबियामा भइरहेको शान्तिपूर्ण प्रदर्शनमाथि भएको िहंसात्मक दमनको निन्दा गरेका छन् । लिबियामा भइरहेको सरकार विरोधी प्रदर्शन बारे पहिलो सार्वजनिक प्रतिकि्रया दिने क्रममा राष्ट्रपति ओबामाले अमेरिका र उसका सहयोगी राष्ट्रहरु बिच कस्तो कदम चाल्ने भन्ने बारे छलफल भइरहेको बताएका छन् । सरकारले शान्तिपूर्ण प्रदर्शन माथि क्रु¢ दमन गरेको भन्दै यसको भागिदार पनि लिवियाको सरकार आफैं बन्ने पनि बताए । प्रदशर्नकारीहरुबाट राजधानी टि्रपोली सहित उत्तरी लिबियाका अन्य शहरहरु नियन्त्रणमा लिन राष्ट्रपति गद्दाफीको सरकार संघर्षरत रहको बेला अमेरिकी राष्ट्रपतिको यस्तो प्रतिकि्रया आएको हो । लिबियामा गत हप्ता देखि चलिरहेको प्रदर्शनीका क्रममा सयौंले ज्यान गुमाइसकेका छन् ।नेपाल हङकङसंग पराजित
एसीसी महिला टी-ट्वान्टी कि्रकेट प्रतियोगिताको सेमिफाइनलबाट नेपाल वाहिरिएको छ । कुवेतको हुवारा कि्रकेट मैदानमा भएको सेमिफाईनल खेलमा नेपाल हङकङ पराजित भएको हो । नेपाल हङकङसंग ९ विकेटले पराजित भएको हो । यो पराजय संगै नेपालको फाइनल यात्रा अधुरो भएको छ । चीनले िसंगापुरलाई पराजित गर्दै समुह ए को विजेता बनेपछि नेपालको हङकङसंगको प्रतिस्पर्धा निश्चित भएको थियो । लगातार चार खेलमा जीत हात पार्दै नेपाल समुह बी को विजेता बनेको थियो । हङकङ पनि समुह ए को उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको थियो । नेपालले लिग चरणको पहिलो खेलमा थाइल्याण्डलाई दोस्रो खेलमा युएई तेस्रो खेलमा आयोजक कुवेत र लिग चरणको अन्तिम खेलमा मलेसियालाई पराजित गरेको थियो ।
Friday, May 7, 2010
माओवादीको देशब्यापी आम हडताल,शान्ति प्रकि्रया धरापमा
एकीकृत नेकपा माओवादीको आमहड्तालको छैठौं दिन आज पनि काठमाडौं उपत्यकालगायत देशभरको जनजीवन कष्टकर बन्यो । आज पनि ठाउँठाउँमा तोडफोड र झडप भएका छन् ।आज पनि माओवादीका कार्यकर्ताले काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन गरेका थिए । त्यस क्रममा कतिपय स्थानमा झडप भएका थिए । विहानैदेखि ललितपुरका विभिन्न स्थानमा स्थानीय बासिन्दाको समूह र माओवादी कार्यकर्ताबीच्ा झडप भएको थियो । शांतिरयालीमा सहभागी हुन वसन्तपुर आउँदै गरेको उद्योग वाणिज्य महासंघ ललितपुरकॊ समूहलाई माओवादी कार्यकर्ताले कुपण्डोलमा अवरोध गरेपछि तनाव उत्पन्न भएको थियो । माओवादी कार्यकर्ताले शान्तिर् यालीमा जाने समूहलाई जान नदिएपछि झडप भएको थियो । माओवादी कार्यकर्ताले शान्तिर् यालीमा सहभागी हुन सहँडेकाहरुलाई आक्रमण गरेपछि स्थिति तनवग्रस्त भएको थियो । कुपण्डोलको टोलीलाई नेतृत्व गरेका माओवादी नेता देव गुरुङ र पम्फा भुसालले कार्यकर्तालाई शान्तिर् यालीमा सहभागी हुन हिँडेकालाई आक्रमण नगर्न आग्रह गरे पनि माओवादी कार्यकर्ताले नेताहरुको आग्रहसमेत अटेर गर्दै आक्रमण गरेका थिए । शान्तिर् यालीमा सहभागी हुन हिँडेको समूहमाथि माओवादी कार्यकर्ताले कुटपिट गरेपछि स्थिति थप तनावग्रस्त बनेको थियो । त्यसपछि प्रहरीले लाठिचार्च गरेको थियो ।कुपण्डोलको झडपमा एक सभासद्सहित दुई जना घाइते भएका थिए । विहान झडप भएको कुपण्डोल दिनभर शान्त बने पनि दिउँसो लालितपुरको पटनमन्दिरमा तनाव बढेको थियो । शान्तिर् यालीको नाममा स्थानीय बासिन्दाको समूह विभिन्न नारा लगाउँदै पाटनमन्दिर परिसरमा पुगेको थियो । उनीहरुले त्यहाँ माओवादीको झन्डासहित आएको गाडी पल्टाइदिएका थिए । त्यसपछि पाटन कृष्णमन्दिरको अवस्था तनावग्रस्त बनेको थियो । माओवादीविरुद्ध विभिन्न नारा लागउँदै आएको समूहले शान्तिर् यालीमा सहभागी हुन स्थानीय बासिन्दालाई घन्ट बजाएर सूचनासमेत दिएको थियो । स्थानीय युवाहरुले पाटन कृष्णमन्दिरमा नाराजुलुस गरिरहेपछि लाठ्ठी र रडसहित आएका माओवादीका कार्यकर्ताले लखेटेका थिए । त्यस क्रममा माओवादी कार्यकर्ताले ढुंगा प्रहार गर्दा केही स्थानीय बासिन्दा घाइते भएका छन् । झडप नियन्त्रण गर्न प्रहरीलाई हम्मे-हम्मे परेको थियो । पाटनका स्थानीय बासिन्दाको समूहले स्थानीय बासिन्दाको शान्तिपूर्ण र् यालीमा माओवादी कार्यकर्ताले आक्रमण गरेको बताएका छन् ।
Subscribe to:
Comments (Atom)
